तिनाउमा डुबेका अभिषेक र दिनेशको सनाखत

रुपन्देही  । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर–३ कदमबासमा तिनाउ नदिमा डुबेर बेपत्ता भएका २ जनाको मृत अवस्थामा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका इन्सपेक्टर सन्दिप बेल्बासेका अनुसार सोमबार बेपत्ता भएका बुटवल उपमहानरपालिका वडा नम्बर ४ लक्ष्मीनगरका १७ वर्षिय अभिषेक श्रेष्ठ र सोही ठाउँका उनका साथी १६ बर्षिय दिनेश सुवेदीको शव मंगलबार दिउँसो र साँझ भेटिएको हो । गर्मी छल्न तिनाउमा नुहाउन गएका उनीहरु सोमबार डुबेर बेपत्ता भएका थिए । २ जना मात्रै नुहाउन गएका उनीहरू दुबैजना डुबेर बेपत्ता भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation