
सोभियत युगको एउटा अन्तरिक्ष यान अन्ततः प्रक्षेपण गरिएको ५३ बर्ष पछि आज पृथ्वीमा फर्किएको छ । १९७२ मा सोभियत संघले प्रक्षेपण गरेको शुक्र ग्रहको ल्यान्डर कोस्मोस ४८२, मे १०, २०२५ मा पृथ्वीको वायुमण्डलमा पुनस् प्रवेश गर्यो, जुन इन्डोनेसियाको जकार्ताको पश्चिममा हिन्द महासागरमा दुर्घटनाग्रस्त हुन पुग्यो । मूल रूपमा शुक्र ग्रहको अध्ययन गर्ने उद्देश्यले डिजायन गरिएको, अन्तरिक्ष यान प्रक्षेपणको केही समय पछि रकेटमा आएको खराबीका कारण पृथ्वीको कक्षमा यतिका बर्ष देखि अड्किएको थियो।
शुक्र ग्रहको वायुमण्डलको अत्यधिक ताप र दबाबबाट बच्नको लागि डिजाइन गरिएको, १,१९० ( पाउन्ड प्रोब पुन प्रवेशमा धेरै हदसम्म अक्षुण्ण रहन सक्थ्यो । खस्ने अन्तरिक्ष हार्डवेयरको लागि यो दुर्लभता हो। खगोलविद्हरूले बिहान हुनुभन्दा ठीक अघि यसको अन्तिम कक्षाको क्रममा अन्तरिक्ष यानको छविहरू खिचेका थिए ।
घटनाले पृथ्वीको बढ्दो अन्तरिक्ष भग्नावशेष समस्यामा नयाँ ध्यान आकर्षित गरेको छ । युरोपेली अन्तरिक्ष एजेन्सीका अनुसार, लगभग तीन ठूला अन्तरिक्ष फोहोरका टुक्राहरू हरेक दिन पृथ्वीको वायुमण्डलमा पुन प्रवेश गर्छन् र उपग्रह मेगानस्टेलेशनहरू विस्तार हुँदै जाँदा त्यो संख्या बढ्ने अपेक्षा गरिएको छ।
यद्यपि कोसमस ४८२ को पुन प्रवेशले कुनै ज्ञात क्षति पुर्याएन, यो अन्तरिक्ष दौडका लामो समयदेखि जीवित अवशेषहरू अझै पनि हामीमाथि घुमिरहेका छन् र तिनीहरूले निम्त्याउने चुनौतीहरूको सम्झना गराउँछन।