
दाङ, घोराही – विद्यार्थी दिवसको अवसर पारेर अखिल (छैठौँ) ले “निराशा, पलायन र लागू औषध विरुद्धको अभियान” जहाँ शैक्षिक संस्था तेहा अखिल(छैठौँ) अन्तर्गत शैक्षिक संस्थाहरूमा जनचेतनामूलक कार्यक्रमको औपचारिक उद्घाटन गरेको छ।
अभियानको उद्घाटन कार्यक्रम घोराही–१४ स्थित बाल विकास माध्यमिक विद्यालयबाट सुरु गरिएको हो।
कार्यक्रमको सञ्चालन अखिल (छैठौँ) राष्ट्रिय परिषद्का सदस्य उत्सव पुनले गरेका थिए भने कार्यक्रमको अध्यक्षता अखिल (छैठौँ) दाङ जिल्ला अध्यक्ष सेबक भट्टाराईले गरेका थिए। कार्यक्रममा विशेष अतिथि दाङ–प्युठान सम्पर्क समितिका अध्यक्ष बसन्त राज गोरथोकी रहेका थिए।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष भट्टाराईले विद्यार्थीहरूमा बढ्दो निराशा, वैदेशिक पलायनको मोह र लागू औषधको लतले समाजमा गम्भीर असर पारिरहेको बताए। उनले यस्ता अभियान विद्यालय स्तरमै सुरु गर्नुको उद्देश्य शिक्षालयलाई सचेतना र सशक्तिकरणको केन्द्र बनाउनु रहेको स्पष्ट पारे।
उनका अनुसार, अभियान अन्तर्गत जिल्लाका विभिन्न शैक्षिक संस्थाहरूमा चरणबद्ध रूपमा अन्तर्क्रिया, प्रशिक्षण, सांस्कृतिक कार्यक्रम तथा जनचेतनामूलक गतिविधिहरू सञ्चालन गरिनेछ।
साथै बसन्त राज गोरथोकी ले भने, “हामी विद्यार्थीहरूलाई आत्मनिर्भर, जिम्मेवार र सकारात्मक सोच भएका नागरिकका रूपमा तयार पार्न चाहन्छौँ। यही अभियान त्यसतर्फको पहिलो कदम हो।”
अखिल (छैठौँ) दाङले यस अभियानलाई जिल्लाभरका सम्पूर्ण नगरपालिका, गाउँपालिका र शिक्षण संस्थामा विस्तार गर्दै लैजाने योजना अघि सारेको छ। उद्घाटनपछि पहिलो चरणका कार्यक्रमहरू चाँडै सुरु गरिने जनाइएको छ।