चेन्नईमा एकबद्धता कार्यक्रम सम्पन्न

कोटी प्रसाद पोख्रेल

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पूर्व पश्चिम उत्तर र दक्षिण संयुक्त नगर समितिको आयोजनामा नेपालमा राष्ट्रिय जनमोर्चाले आयोजित प्रतिगमनको विरुद्ध गणतन्त्रको रक्षा कार्यक्रम प्रति एकबद्धता जारी गर्दै कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
खगराज शर्माको अध्यक्षता कोटी प्रसाद पोख्रेलले कार्यक्रमको सञ्चाल गर्नुभएको थियो
कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय कोषाध्यक्ष मदन शर्माको प्रमुख अतिथि, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य केशमान नेपाली, काशीराम शर्मा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेल, नेत्रलाल शर्मा, किशोर शर्मा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत महिला विभाग सदस्य चन्द्रिका पौडेल, रक्तिम सांस्कृतिक अभियान दक्षिण भारत क्षेत्रीय सदस्य डील बहादुर जी एमको अतिथि आसन ग्रहण , ज्ञात अज्ञात शहीदहरू प्रति एक मिनेट मौनधारणा पश्चाताप उपस्थित जनमानसलाई चेन्नई पश्चिम नगर समितिका अध्यक्ष बुद्धिराम पौडेल ले शब्दबाट र रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले गीतबाट स्वागत गर्नुभएको थियो।।
कार्यक्रमका प्रमुख अतिथि शर्माले नेपालमा प्रतिगमनको खतराको कारण नेपालका सत्ताधारी हरूको कार्यशैली गलत नीतिको कारणले नै प्रमुखता रहेको दाबी गर्नुभयो। अहिले नेपालमा प्रतिगमनकारीहरू राजाको गुणगान गाउँदै हिँडेको । राजतन्त्र ल्याउने र गणतन्त्रलाई समाप्त पार्ने जो सपना छ त्यो कदापि पनि सफल हुन गणतन्त्रवादीहरुले दिने छैनन्। जनताको अजयशक्ति गणतन्त्रको पक्षमा रहेको हुँदा यी प्रतिगमनकारी हरु स्वत विलयपन हुनेछन् भन्दै शर्माले भन्नुभयो। यो अवस्थामा देशी विदेशी शक्तिहरूले गणतन्त्र विरोधीहरूलाई उचालिरहेको हुँदा । गणतन्त्रवादी हरु होसियार बन्नैपर्छ भन्नुभयो। उहाँले गणतन्त्रवादी शक्तिहरूहरू आवश्यकता अनुसार एकजुट हुँदै आइरहेको र फेरि पनि प्रतिगमनकारीहरूलाई समाप्त पार्नको निमित्त गणतन्त्रवादीहरू एक ठाउँमा उभिनुपर्ने आवश्यक रहेको बताउनु भयो। त्यसैगरी शुभकामना मन्तव्य दिनेहरूमा केन्द्रीय सदस्य केशमान नेपाली, काशीराम शर्मा, क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेल, नेत्रलाल शर्मा, किशोर शर्मा, महिला विभाग बाट चन्द्रिका पौडेल, रक्तिम सांस्कृतिक क्षेत्रीय सदस्य डील बहादुर जीएम, चेन्नई पश्चिम नगर समितिका सदस्य शशशीराम थापा, लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
यसै कार्यक्रमकै सन्दर्भमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज को नीति सिद्धान्त र पद्धति र व्यवहारलाई मन पराउँदै हाम्रो सांस्कृतिक हाम्रो पहिचान नेपाली प्रवास संघ संस्थालाई परित्याग गर्दै लुद्र बहादुर वि क मूल प्रवाहमा प्रवेश गर्नुभएको थियो। उहाँलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका कोषाध्यक्ष श्री मदन शर्माले अबिर लगाई मूल प्रवाहको सदस्यता हस्तान्तरण गर्नुभएको थियो।। कार्यक्रमको अन्तमा आयोजक समितिको तर्फबाट प्रकाश नेपालीले धन्यवाद ज्ञापन गर्नुभएको थियो।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation