
बिस्व नेपाली मिडिया प्रा.लि .द्वारा सञ्चालित
सम्पर्क ठेगाना : बुटवल -६,चांदबारी रूपन्देही
सूचना तथा प्रसारण विभाग दर्ता नं: ४८६९/२०८१/०८२
प्रेस काउन्सिल सूचिकरण प्रमाणपत्र दर्ता नं:४८८२/२०१/०८२
कम्पनी दर्ताः ३४०४३८/२०८०/०८१
विज्ञापनका लागि
फोन नं: (☏) +977-9842295277
इमेल : 📧 info@vishwanepali.com
सम्पादक : बामदेव भण्डारी
संचालक तथा कार्यकारी सम्पादक : शंकर प्रसाद पोख्रेल
मार्केटिङ प्रमुख :
विश्व नेपाली डटकम नेपाली भाषाको समाचार पोर्टल हो । यो वेबसाईटमा समाचार, विचार, मनोरञ्जन, खेलकुद, प्रवास, विश्वका खबर, सूचना प्राविधि लगायत श्रमजीवी वर्गको पक्षमा बढी भन्दा बढी आवाज उठाउने कोशिश र विश्लेषणहरु सम्बन्धी नै हाम्रो जोड रहनेछ ।
सुवास जिसी
प्रिय गाजा
तिमीलाई म यो पत्र विश्वको सर्वोच्च शिखर सगरमाथा ८,८४८ मिटर माथिबाट लेख्दैछु ।
म ठिकै छु भनौँ तर मलाई थाहा छ, तिमीलाई सञ्चो छैन ।
करिब ७७ वर्षदेखि तिमीमाथि लगातार अन्याय भएको छ । तिम्रो अस्तित्वमाथि आक्रमण गरिएको छ । तिम्रो अस्मितामाथि हमला गरिएको छ । तिम्रो स्वतन्त्रता र स्वाधीनतामाथि प्रश्न उठाइएको छ । घुमाइफिराइ तिमीमाथि अन्यायपूर्ण प्रहार गरिएको छ । तिमीलाई रातो सलाम छ । यी सबै प्रहारका बाबजुद तिमी प्यालेस्टाइनमै सगरमाथा भएर उभिएका छौँ ।
नेपालीमा हामीकहाँ एउटा भनाइ छ– “जननी जन्मभुमिश्च स्वर्गदपि गरिएसी” अर्थात् आफूलाई जन्माउने आमा र जन्मिएको माटो स्वर्गभन्दा बढी प्रिय हुन्छ, जति प्यारो प्यालेस्टाइनीका लागि प्यालेस्टाइनको माटो छ । त्यसैले भनिएको हो– माटोको पनि सुगन्ध हुन्छ, माटोको बासना हुन्छ । प्यालेस्टाइनको माटोको सुगन्ध लिने अधिकार प्यालेस्टाइनीलाई मात्र छ, कुनै फासिवादी जियोनिस्ट इजरायलीलाई होइन ।
७७ वर्षअघि पाँच हजार बढी प्यालेस्टाइनी गाउँहरूमा आगो ठोकेर प्यालेस्टाइनीलाई अरबका विभिन्न देशमा शरणार्थी बनाइयो । आज पनि उनीहरूलाई आफ्नो जन्मभ्मूिमा फर्किन दिइएको छैन । आफ्नो देशमा रहन दिइएको छैन । आफ्नो माटोमा टेक्न दिइएको छैन । गाजाका बाँकी रहेका प्यालेस्टाइनीका बस्ती पनि ध्वस्त गरेर नामेट पार्न खोजिएको छ ।
प्रिय प्यालेस्टाइन तिम्रा विरुद्ध आज संसारभरका पुँजीवादी, साम्राज्यवादी र फासिवादी एकजुट भएका छन् । विश्वको सबैभन्दा ठुलो साम्राज्यवाद अमेरिकाले तिम्रो सम्र्णू अस्तित्व समाप्त पार्न चाहन्छ ।
विश्वका स्वघोषित शक्तिशाली ट्रम्पलाई मेरो प्रश्न छ– हस्पिटलको बेडमा सुतेको बिमारीलाई मिसाइलले उडाएर कसरी “अमेरिका प्रथम” हुन सक्छ ?
युरोपियन युनियनका सरकारप्रमुखलाई मेरो प्रश्न छ– भर्खरै सुत्केरी भएकी आमा र भर्खर जन्मेको बच्चालाई गोली ठोकेर हत्या गर्नुलाई “नरसंहार” नभनेर के भन्नुपर्ने हो ?
विशाल लोकतन्त्र र मानवअधिकारका हिमायतीलाई मेरो प्रश्न छ– सास फेर्न पनि तिमीलाई सोध्नुपर्छ भने तिम्रो लोकतन्त्रको बकबास घाममा सुकाइदेउ ।
यो भन्दा लज्जास्पद के हुन्छ ? एउटा जातिलाई नामेट पार्न, एउटा जातिको अस्तित्व समाप्त गर्न संसार लागेका छौ । तिमीहरू घृणा गर्न पनि लायक छैनौँ ।
प्रिय प्यालेस्टाइन !
प्यालेस्टाइन अब कुनै एउटै स्वतन्त्र देश मात्रै होइन, प्यालेस्टाइन अब कुनै एउटा जातिको भूभाग मात्र होइन, प्यालेस्टाइन अब संसारका स्वाधीन र स्वतन्त्रताप्रेमीको प्रतीक हो । प्यालेस्टाइन अब संसारका मुक्तिकामीको बुलन्द आवाज हो । अब प्यालेस्टाइन विचारको आगो हो । अब स्वतन्त्रताको आगोलाई निभाउन खोजेर कदापि निभ्ने छैन । संसारको हरेक कुनामा गाजाको आगो सल्किएको छ । यो आगो ज्वाला बनेर दन्किनेछ । संसारको कुनै पनि साम्राज्यवादी र फासिवादीले यो आगो निभाउन सक्ने छैन । हामीलाई फासिवादीको युद्ध स्वीकार छैन । हामी मुक्ति चाहन्छौँ ।
प्रिय प्यालेस्टाइन !
तिम्रो समर्थनमा म जतिसुकै चोट सहेर सिङ्गो सगरमाथा बनेर उभिरहनेछु । हामीलाई हार्ने छुट हुने छैन । हामी यो युद्ध जितेरै छाड्नेछौँ । म तिम्रो प्रतीक्षामा रहिरहनेछु ।
उही तिम्रो सगरमाथा
(क्रान्तिकारी पार्टी तथा सङ्गठनको अन्तर्राष्ट्रिय संयोजन–आइकोरले मे १८, २०२५ का दिन जर्मनीको राजधानी बर्लिनमा प्यालेस्टाइनको पक्षमा आयोजना गरेको प्यालेस्टाइन सम्मेलन प्रस्तुत रचना)