
२०५२ सालमा स्थापित प्युठान जिल्लाको सबैभन्दा पुरानो र साहित्य अनुरागीहरुको अभिभावक संस्था साहित्य परिषद् प्युठानले विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थासंग समन्वय गरी कार्यक्रम गर्दै आइरहेको छ । २०८२ जेठ ७ गते स्रष्टा पद यात्रा नेपाल र साहित्य परिषद् प्युठानको संयुक्त आयोजनामा प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका अन्तरगत रहेको पावन भूमी स्वर्गद्वारी धरामपानीमा रहेको वाल संस्कृत माध्यमिक विद्यालयमा रचना बाचन तथा पुस्तक बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।
साहित्य परिषद् प्युठानका उपाध्यक्ष ध्रुब गिरीको अध्यक्षता सहसचिव सुमन सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानाले कार्यक्रमको उच्च प्रशंसा गर्दै सकेसम्म कार्यक्रमको खर्च नगरपालिकाले व्यहोर्ने र यस्ता कार्यक्रमको उच्च सम्मान गर्दै सकेको सहयोग गर्ने बिचार व्यक्त गर्नुभयो । पदयात्रा समितिका अध्यक्ष शितल गिरी, उपाध्यक्ष विमल अर्याल, सर्जक शान्ति सापकोटा, डा. वालचन्द्र मिश्र लगायतले रचना बाचन तथा यात्रा अनुभव प्रस्तुत् गर्नुभएको थियो यसैगरी उक्त कार्यक्रममा स्थानीय शिक्षा समितिका सदस्य वसन्त बहादुर खड्का अनि साहित्य परिषद् प्युठानका सुमन सुवेदीले कविता वाचन गर्नुभएको थियो कार्यक्रममा नन्दकुमार सुब्बाद्वारा लिखित मुक्तक सङ्ग्रह अनि खोलाघरे साहिंलो ( गंगाप्रसाद अधिकारी) बाट लिखित क्रृतुराग काव्य वरिष्ट साहित्यकार, नेपाली कम्युनिष्टका अभिभावक तथा दार्शनिक मोहनविक्रम सिंहको नेतृत्वको अतिथि मण्डलले बिमोचन गरेको थियो । असिना पानीको प्रवाह नगरी साहित्यकारको अथक मेहनत ९२ वर्षिय साहित्यकार तथा राजनीतिज्ञको उत्साह वालसंस्कृत मा. वि धरमपानीका शिक्षक विद्यार्थी अनि स्वर्गद्वारी आश्रमको सहयोगमा भव्य कार्यक्रममा झिमरुक गाउपालिकाका पूर्व अध्यक्ष तिलक जि.सी., वामपन्थी नेता वासु पोख्रेलले पनि मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन स्रष्टा पदयात्रा नेपालका महासचिव गंगाप्रसाद भेटवालले गर्नुभएको थियो ।