तिनाउको ड्यामसाइडमा डुबेर एक जनाको मृत्यु

तिनाउ गाउँपालिका–३ स्थित ड्यामसाइडमा पौडी खेल्ने क्रममा विहिबार डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हनेमा भारतको महाराजगंज जिल्ला अन्तर्गत नौतनवा निवासी १८ वर्षीय सोएब अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुनिल मल्लले जानकारी दिए ।

प्रहरीका अनुसार अन्सारी आफ्ना दाजुभाइ र साथीहरू सहित बुटवल घुम्न आएका थिए। घुम्दै तिनाउ खोलाको ड्यामसाइड पुगेका उनीहरू पौडी खेल्ने क्रममा अन्सारी ड्यामको रहमा डुबेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation