अखिल नेपाल शिक्षक संघ प्युठानले गर्यो शिक्षकहरूलाई सम्मान

प्युठान

अखिल नेपाल शिक्षक संघ जिल्ला समिति प्युठानको आयोजनामा प्युठान जिल्लाका शिक्षकहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

शैक्षिक सत्र २०८१ मा शिक्षक सेवा आयोगबाट सिफारिस भै प्युठान जिल्लामा स्थायी नियुक्त भएका र बढुवा भएका शिक्षकलाई एक कार्यक्रमको आयोजना गरि अखिल नेपाल शिक्षक संघ प्युठानले सम्मान गरेको छ । बहुउद्देश्यीय शैक्षिक भबन पुन्यखोला प्युठानमा सम्पन्न कार्यक्रममा अ ने शि संघ का जिल्ला अध्यक्ष कल्याण खड्काको अध्यक्षता र राष्ट्रिय समितिका महासचिव चक्रपाणी पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रममा सम्पन्न भएको हो । बिशेषअतिथी रा.ज.मो जिल्ला सचिब केशबराज आचार्य अनि अतिथिहरुमा नेपाल शिक्षक संघका जिल्ला सचिब बसन्तराज पौडेल, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका जिल्ला उपाध्यक्ष नरबहादुर घर्ती ,नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका जिल्ला उपाध्यक्ष कल्पना कोइराला , अ ने शि संघ का निबर्तमान अध्यक्ष अर्जुनबहादुर के सी र भुपाल थापाले बधाई मन्तव्य राख्नुभएको थियो ।उक्त कार्यक्रममा बढुवा हुनुभएका शिक्षकहरुको तर्फ बाट पुतला शर्मा , उदय कु पाण्डे, भाग्यश्री के सी हेमराज शर्मा र टिकाराम रिजाल लगायतले सम्बोधन गर्नुभएको थियो। कार्यक्रममा स्वागत जिल्ला उपाध्यक्ष ध्रुब गिरीले राख्नुभएको थियो भने कार्यक्रमको सन्चालन जिल्ला सचिब शङ्कर बस्नेतले गर्नु भएको थियो।

शिक्षकलाई प्रोत्साहन गर्ने र सम्मान गर्ने शिक्षक नै हो अरुले गर्दैनन अरुबाट त तिरस्कृत र अपहेलित मात्रै हुन्छन् त्यसैले यस्तो उदाहरणिय भएको कुरा प्रमुख अतिथिले राख्नुभयो ।

आन्दोलनबिना शिक्षकले केही सुविधा प्राप्त गरेको इतिहास छैन आन्दोलनका साथै कक्षाकोठामा उदाहरणीय बन्नुपर्ने कुरा समेत प्रमुख अतिथिले बताउनु भएको।

नरबहादुर घर्तीले धेरै कुरा अखिल नेपाल शिक्षक संघबाट सिक्नुपर्ने हुन्छ जिल्लाको अभिभावक संस्था भएको बताउनुभयो

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation