मोटरसाइकल दुर्घटनाहुंदा दुइ जनाको मृत्यु

बर्दियाको गुलरिया–राजापुर हुलाकी सडकखण्डमा पर्ने मधुवन नगरपालिकामा भे ६ प ५४१ नम्बरको मोटरसाइकल र भे १३ प २६६९ नम्बरको मोटरसाइकल मधुवन नगरपालिका ८ लालसिँह चोक नजिक गएराति आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको हो ।

दुर्घटनामा एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलका चालक मधुवन नगरपालिका–८ का ३२ वर्षीय टंकबहादुर बिसी र अर्का मोटरसाइकल चालक गुलरिया नगरपालिका–२ का २८ वर्षीय देवानन्द यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी चक्रडम्बर पालले जानकारी दिए ।

गम्भीर घाइते अनुपम यादवलाई थप उपचारका लागि राति नै नेपालगञ्ज लगिएको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation