जितवापुरमा दुई समुहका युवाबीच कुटाकुटा हुँदा एकजना घाइते

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११ जितवापुरमा दुई समुहका युवाबीच कुटाकुटा हुँदा एकजना घाइते भएका छन्।
जितवापुरमा चलिरहेको महायज्ञमा रहेका युवाहरु र मोहसड गाउँबाट गएका युवाहरूको समूहबीच शनिबार राति कुटाकुट भएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार जितवापुरमा गत जेठ २ गतेदेखि महायज्ञ चलिरहेको छ।
महायज्ञ भएको दिनदेखि नै मोहसडका केही युवाहरू रातिको समयमा महायज्ञस्थलमा आएर विवाद गर्ने गर्दै आइरहेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation