बुटवल ११ देबिनगरमा एक महिला सहित २ बच्चाको बर्बर हत्या

रुपन्देही । बुटवल उपमहानगरपालिका ११ देबिनगरमा  एक महिलासहित २ बच्चाको विभत्स हत्या भएको छ । ईलका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाका अनुसार देबिनगर होराइजनचोक  नजिक पर्ने मिलिजुली पथमा तिन जनाको  हत्या गरिएको छ।

उनिहरुलाइ हथौडा ,र  चक्कु प्रहार गरी हत्या गरिएको  स्थानीयको भनाइ छ  । हत्या हुनेहरुमा  ३१ वर्षीया दिपा बस्याल र उनका दुई छोरीहरु ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया नानी बस्याल रहेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न भएको आरोपमा अन्दाजी ३०/३२ वर्षका सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसि केहि वर्ष अघि संविधान दिवसको दिन आम माफि पाएर छुटेको घटना उपस्थित स्थानीयले बताएका छन् । डिभोर्स भएर अर्कैसँग बिवाह गरि गएकी पूर्व श्रीमतिलाई पुर्व श्रीमानले आफ्नै घरमा बोलाई आज बिहान अन्दाजि ४ बजेतिर घटना घटाएको प्रहरीको भनाई छ । उनीहरुबीच करिब ८/१० वर्ष पहिलेनै सम्बन्ध विच्छेद भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation