
शंकर प्रसाद पोख्रेल , बुटवल ,रुपन्देही
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द बिप्लवले सम्पुर्ण राजनीतिक पाटिहरु ,बौद्धिक बर्ग ,पत्रकारहरु , विद्यार्थी बर्ग किसान बर्ग र मजदुर बर्ग बिच समाजबाद बारे सामुहिक बहस र छलफल चलाउनुपर्ने बेला आयको बताउनुभयको छ।देशमा अहिले जनताहरुले राजनीति प्रति देखाएको उदासीनता ,र खिन्नताको ,प्रमुख कारण सामन्तबादका बांकि रहेका तत्वहरुले समाजमा ,चरम प्रकरले गरेको भ्रष्टाचार ,तस्कर ,र सत्ता सौदाबाजिको घृणित कार्य प्रत्यक्ष देखेको हुनाले जनतामा निराशा छाएको बताउनुभयो।महासचिव बिप्लले गणतन्त्रको बिकल्प राजतन्त्र न हुने भन्दै समाजबाद नै अहिलेको सहि बिकल्प भएको बताउनुभयो। देशका सत्तासिन पाटिहरु राजनीतिक भगबन्डा गरेर भ्रष्टाचार गर्न तल्लिन भएको बताउदै त्यस्ता खाले तत्वहरुका विरुद्ध जनताहरु नै लाग्नुपर्ने बताउनुभयो।
समाजबादि प्रेस संगठनको आयोजनामा बुटवलमा भएको कार्यक्रममा गणतन्त्र ,जनपक्षीय पत्रकारिता र कृष्ण सेन इच्छुक को भुमिका विषय अन्तरकृया कार्यक्रमको प्रमुख अतिथि ,नेकपा महासचिव नेत्र बिक्रम , चन्द बिप्लब ,अन्य अतिथिहरु नेकपा नेताहरु बसन्त सि ,सरद ओलि ,बिरेन्द्र सि,पत्रकार महासंघका महासचिव राम प्रसाद दाहाल,विभिन्न राजनीतिक पाटिका नेता बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे ,पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेस पाण्डे,प्रगतिशिल पत्रकार संघ नेपालका अध्यक्ष स्याम पोख्रेल वरिष्ठ पत्रकार डाक्टर बालकृष्ण चापागाईं,दिल सहानि ,पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोख्रेल , वरिष्ठ शिक्षक घनस्याम पाठक
नेकपा माओबादि केन्द्रका नेता बामदेब क्षेत्री ,नेकपा क्रान्तिकारिका नेता प्रेम सुबेदि ,कांग्रेस नेता हरि प्रसाद अर्याल लगायतले मन्तव्य राख्नुभएको थियो।
दुइजना पत्रकार सम्मानित
यसैगरि समाजबादि प्रेस संगठन
ले दुइजना पत्रकारहरुलाइ सम्मानित गरेको छ सम्मानित हुनेहरुमा छबिलाल बिस्वकर्मा दिपक र यानेन्द्र जिसि रहनुभएको छ।
कार्यक्रमको अध्यक्षता पत्रकार प्रकास डुम्रे ,संचाल बिनोद खनालले गर्नुभएको थियो।