रक्तिम सांस्कृतिक अभियानको राष्ट्रिय भेला बुटवलमा सुरु

शङ्करप्रसाद पोख्रेल, बुटवल ।

रक्तिम सांस्कृतिक अभियानको राष्ट्रिय भेला बुटवलमा सुरु भएको छ ।

नेकपा (मसाल) का केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीको प्रमुख आतिथ्यमा २०८२ जेठ १६ गतेदेखि रुपन्देहीको बुटवलमा भेला सुरु भएको हो ।

कार्यक्रममा मन्तव्य राख्दै प्रवक्ता पुरीले रक्तिमका कलाकारहरूले गीत र नृत्यको माध्यमबाट जनतालाई क्रान्तिकारी आन्दोलनमा होमिन प्रोत्साहन गरेको बताउनुभयो ।

‘कलाकारहरू जनवादी गीतसङ्गीत, नृत्य मात्र गर्ने नभएर देश र जनताको पक्षमा सैद्धान्तिक र राजनीतिक तहबाट लैस हुनुपर्दछ’ उहाँको भनाइ थियो ।

रक्तिमको गर्विलो यात्रा देश र जनताको पक्षमा भएको औल्याउँदै उहाँले रक्तिममा लाग्ने साथीहरू जनताका असली मित्र भएको दाबी उहाँले गर्नुभयो ।

भेलाका विशेष अतिथि वामपन्थी नेता सुरेश थापाले रक्तिमका प्रस्तुतिले समाज परिवर्तन ठुलो योगदान दिएको चर्चा गर्नुभयो ।

राजमो केन्द्रीय सदस्य रामकुमार क्षेत्रीले रक्तिमका कलाकारलाई जनता जगाउन गाउँगाउँमा जान आह्वान गर्नुभयो ।

कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्यले कलाकारले इमानदार र अनुशासित भएर अभियानमा लाग्नुपर्ने बताउनुभयो ।

तराई मधेस जनवादी मोर्चाका अध्यक्ष बद्रे आलमले रक्तिम सांस्कृतिक अभियान जनता जगाउने एउटा अभियान भएको बताउँदै सबैलाइ रक्तिमको झन्डा समाउनु प्रेरित गर्नुपर्ने बताउनुभयो ।

अखिल नेपाल बुद्धिजीवी सङ्घका सचिवालय सदस्य दुर्गानाथ खरेलले रक्तिम सांस्कृतिक अभियान जनताको ढुकढुकी भएको बताउनुभयो ।

कार्यक्रममा नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता लालचन्द पन्थ, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य सम्झना सुवेदी, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सचिव ठाकुर पन्थी, जातीय समता समाजका केन्द्रीय सदस्य खगेश्वर सुनार, अनेरास्ववियु (छैठौं) का केन्द्रीय सदस्य माधव विक, अखिल नेपाल जनजाति सम्मेलनकी केन्द्रीय सचिव उषा पुन, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सदस्य रुकबहादुर पराजुली, राजमो रुपन्देहीका अध्यक्ष टानबहादुर केसी, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य नारायण पुन, रक्तिमका पूर्व अध्यक्ष रेम राना, अखिल नेपाल राष्ट्रिय उद्यधोग ब्यापार सङ्घका सल्लाहकार ढुण्डिराज शर्मालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

अध्यक्ष गिरीप्रसाद बुढाको अध्यक्षता तथा दिलिप परियारको स्वागत मन्तव्यसँगै अघि बढेको सो कार्यक्रमको सञ्चालन केन्द्रीय सचिव सबिन अर्गेजाले गर्नुभएको थियो ।

भेलामा रक्तिमका कलाकारले जोसिला जनवादी गीत र नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सीता मगरले कविता वाचन गर्नुभएको थियो ।

भेला भोलि जेठ १७ गतेसम्म चल्नेछ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation