इट्टा भट्टामा जिउँदै जलाएको राजपुर घटनाबारे आईसीयूमै बरबराउँदैछन् आलम

ज्यान मुद्दामा जन्मकैदको सजाय उल्टी भएपछि बुधबार मात्रै कारागारमुक्त भएका मोहम्मद अफताब आलम अन्नपूर्ण न्युरो अस्पतालको आईसीयूमा भर्ना भएका छन्।

मस्तिष्कघात भएपछि शुक्रबार अस्पताल भर्ना भएका आलमलाई आईसीयूमा राखेर उपचार गरिरहेको अस्पताल स्रोतले जानकारी दिएको छ।
तर आलम अस्पतालमा पनि रौतहटकै राजपुर घटनाबारे बोलिरहेका छन्।

‘मान्छे मारेकै हो, तिमीहरू के गर्न सक्छौ भन्दै नर्सहरूलाई गाली गरिरहनुभएको छ। कतिजना मारेँ, कसरी मारेँ भनेर बरबराइरहनु भएको छ,’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation