
खिम बहादुर बिक
प्युठान को पुर्ब उत्तरको पुरै एरिया,अर्घाखाँची,गुल्मी का केही एरिया र बाग्लुङ जिल्ला समेतको सानो एरियाकै Life Line जिबन रेखा रुपमा यो सडक को भुमिका छ। मैले S L C( २०४९) दिनु एकदुइ बर्ष पहिला देखि नै मच्छी मा ट्याक्टर आउदा हामी खुसिले पछी पछि दौड्थेयौं र विभिन्न समय कालमा सडकको स्तर उन्नती भए पनि अझै कच्ची नै छ,तर सबारी साधनको चाप अत्यधिक छ। २०४६ सालको बहुदल आगमन सङ्गै २०४८ सालको निर्बाचन देखि २०७९ को निर्बाचन सम्म जिल्ला देखि,नेपाली काङ्ग्रेस,राष्ट्रिय जनमोर्चा,एमाले,र माओवादी का जनप्रतिनिधि ले पटकपटक प्रतिनिधि सभामा प्रतिनिधित्व गरे २०७४ सालदेखी लुम्बिनी प्रदेसमा इनै पार्टी हरुले प्रतिनिधित्व गरेका छन र सबै साम्सदहरुले आ आफ्नो, कार्येकालमा यो सडकको लागि प्रयास पक्कै पनि गरेहोलान जिल्ला देखि चुनियेर जाने जनप्रतिनिधि हरुको काम र कर्तब्य नै नीति निर्माण सहित आ आफ्नो जिल्ला ,निर्बाचन क्षेत्रको बिकासमा सहजीकरण गर्नु हो।यो एकदम सामान्य र कर्तब्यनिष्ट दाहित्व पनि हो।
लगभग २०६५/६६ तिर यो सडकलाई अन्तरास्ट्रिय स्तरको बनाउने। कोइलाबास,भालुबाङ्ग,चकचके,बाग्दुला,मच्छी,ठुलाबेसी,भिमगिठे हुँदै चिन सङ्ग जोडने) रुपमा अगाडि आयो र डिपिआर सम्म भै भारतीय एक्झिम बैंक सङ् र एसियाली बिकास बैंक ( ADB) सङ्ग सम्झौता भयो । येहानेर सबैलाइ प्रष्ट थाहा भयेको बिषय भारतीय एक्झिम बैंक Blacklist मा परेको ले ठेक्का प्रक्रिया अगाडि बढन सकेन। संघमा बारम्बार सरकार परिबर्तन, आर्थिक लगानी लगाउने बैंक Blacklisted नेताहरुको खिचातानी,हुदाहुदै Covid-19(कोरोना) समेतले यो सडक लाई कालोपत्र हुनबाट बन्चित बनायो!! येहा सम्म कि भारतीय Axis Bank सङ्गको सम्झौता खारेज नहुदा सम्म सडकलाइ केही गर्न ( स्तर उन्नति ) कानुनी बाध्यता ले रोक्यो।
मलाइ जानाकारी भयसम्म २०७४ मा प्युठान देखि सयुक्त बामपंथी उमेदवार रा ज मो कि दुर्गा पौडेल को ५ बर्शे कार्येकाल २ बर्ष कोभिड ले अवरोध गरेपनी यो सडक को लागि धेरै प्रयास गर्नु भयो,सबन्धित मन्त्रालय हरुमा फाइल बोक्दै पटकपटक धाउनु भयो,तर कहानी उहीँ,जबसम्म indian Axis Bank सङ को प्रक्रिया चालू या रद्द हुदैन हातमा केही लाग्ने सन्भब थिएन ,अरु सभासदहरु लगायत हरुले पनि आ आफ्नो पहुच अनुसार प्रयास पक्कै गर्नुभयेहोला।
यो सडक अहिले झिमरुक सरकारले स्तर उन्नतिको काम गरिरहेको छ।
अर्को महत्त्वपूर्ण बिषय र मलाइ प्रष्ट जानाकारी समेत छ झिमरुक पालिकाको सस्थापक सरकार राष्ट्रिय जनमोर्चा को नेतृत्वमा थियो येदि कानुनी अडचन न भयेको भय बतासे डाडादेखी मच्छी साइड पिच गर्ने योजनामा थियो!! सडक संघ देखिनै बन्छ या कानुनी अडचन फुक्छ को पर्खाइमा आफ्नो कार्येकाल समाप्त गर्यो।
अब सबाल बिगत केही महिना येतादेखी यो सडक पिच गराउने बारेमा संघीय साम्सद,सुर्य थापा देखि प्रदेस सभासद सरोज थापा जि हरु र एमाले,काङ्ग्रेस कार्येकर्ता हरुको महा होडबाजी चलेको यो सडक सङ्ग जोडिएका सबै नागरिकले देखेकै छौ।
येहानेर एउटा गम्भीर प्रश्न के भने– सुर्ये थापा,जि र सरोज थापा जि लाई येहाका जनताले भत्ता,पचाउन,कोट र टाइ लगायेर कुर्चिमा बस्न मात्र चुनेका हुन कि बिकास पनि गर्लान भनेर?स्वभाबिकै हो,उहाहरुले नगरेर कस्ले गर्ने??उहाँ हरुको दाहित्व,कर्तब्य हो आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न बिकासका योजना पार्ने,अधुरा योजनालाइ पूरा गर्ने!अनि येति सार्हो अन्तरास्ट्रिय प्रचार र हल्ला के को लागि?? बाटो पिच हुन सुरु हुदाको दिन देखित जनताले देख्छ,बुज्छ,कस्ले पार्यो कस्को भुमिका के रह्यो।
केही दिनदेखी जब संघ को बजेटमा बाग्दुला-मच्छी सडक को नाम आयेन संघीय साम्सद सुर्ये थापा जि ले भाग-१/२/३/४/५ भन्दै प्युठान जिल्ला का बिकास गनाउनेमा लाग्नु भयो र मदन भण्डारि राजमार्गलाइ गोखुङा तिर कोसिस गर्ने रे ! लगत्तै प्रदेस सभासद सरोज जि ले समपुरक मा पार्दै छु मैले योजना मा सिफारिस गरेको छु भन्दै अरुले गर्दैनन प्युठान को अनुहार मैले नै फेर्ने हो भन्दै अब समपुरक प्रक्रिया बाट ३० करोड रे यो साल नयाँ भन्दै -३ करोड रे।
माननिये ज्युलाइ मेरो अनुरोध के भने,बाटो पिच गराउनुस,काम थालनी गराउनुस,पक्कै पनि जसरी जिताउन रातदिन लागियो तेसरी नै धन्यवाद र स्याबासी दिने छौ!! र नेपाली काङ्ग्रेस का सथिहरुलाइ पनि के अनुरोध भने हामी चुनाबमा जसरी लाग्यो जितायौं, हामी हारेपनि तेसरी नै एक अर्कालाइ दोषारोपण नगरी,न होच्चाइ,बिकासमा हातेमालो गरौ, येहि सुझाब र अनुरोध संघीय सांसद माननीय सुर्य जि लगायत एमाले का साथिहरुलाइ पनि, छ। बिकासको सबालमा हामी यो त्यो,पार्टी भन्दा पनि हातेमालो गरि अगाडि बढेयो भने पक्कै पनि सफलता पाउने छौ र जनतालाइ पनि महसुस हुनेछ।