महिला सहभागिता र सशक्तीकरणमा जोड दिँदै मायादेवीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

 

रमा पन्थी ,   जेठ १९

राष्ट्रिय महिला अधिकार दिवस (जेठ १६) को अवसरमा मायादेवी गाउँपालिकामा तीन दिने महिला अधिकार अभिमुखीकरण कार्यक्रम आज सफलता साथ सम्पन्न भएको छ।

कार्यक्रममा महिला जनप्रतिनिधि, महिला समूह तथा किशोरी समूहकी अध्यक्षहरु लगायत सरोकारवाला सहितको उल्लेख्य   सहभागी थियो। अभिमुखीकरणमा महिला अधिकारका विविध पक्षमा जानकारी दिइएको थियो।

१६ गते सुरु भएको कार्यक्रमको उद्घाटन गर्दै  गाउँपालिका अध्यक्षले महिला सशक्तीकरणमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने बताए । समापन सत्रको कार्यक्रममा बोल्दै (जेठ १८) मा   प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले महिलाले सिकेका सिपहरू व्यवहारमा उतार्न आवश्यक रहेकोमा जोड दिए। उपाध्यक्ष नर्वदा देवी उपाध्यायले आफुले पाउने अधिकार नपाएमा अधिकार लाई खोसेर कार्यान्वयनमा लैजानु पर्ने वताइन।

कार्यक्रममा अधिवक्ता कुसुम अर्याल, इन्सपेक्टर सविता जि.सी., जनस्वास्थ्य निरीक्षक सुरेश चौधरी, अपाङ्ग अधिकार अभियन्ता मनकुमारी न्यौपाने, एकल महिला अधिकार क्षेत्रमा सक्रिय रिता सेन लगायतले मन्तव्य राखे।

कार्यक्रमको संयोजकत्व महिला विकास निरीक्षक रमा पौडेलले गरेकि थिइन।

कार्यक्रमले महिला अधिकार र सशक्तीकरणको मार्गमा स्थानीय स्तरमा सकारात्मक सन्देश प्रवाह गर्ने सहभागीहरूको धारणा रहेको थियो।

सहभागीहरुले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने  र येस्ता कार्यक्रमको समाजमा निकै आवश्यकता रहेको  समेत बताएका  थिए।

यस्ता  अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिँदै महिला सशक्तीकरणको अभियानलाई अझ प्रभावकारी बनाउनुपर्नेमा सहभागीहरुले जोड दिए।

 

यस्ता कार्यक्रमहरूले महिलाहरूलाई आफ्ना अधिकारप्रति सचेत गराउने र व्यवहारमा सशक्त बनाउने दिशामा टेवा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। जागरूकता र सशक्त सहभागिताले मात्रै महिलाहरूले सामाजिक रूपान्तरणमा निर्णायक भूमिका खेल्न सक्ने कार्यक्रमले देखाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation