
रुपन्देहीमा नदीजन्य पदार्थको अबैध उत्खनन र ओसारपसार रोक्न राष्ट्रिय जनमोर्चाले माग गरेको छ । रुपन्देहीका सबैजसो ठूला साना खोलाहरुमा केही दिन यतादेखि मापदण्ड विपरित उत्खनन गरेर व्यक्तिहरुका क्रसरमा नदीजन्य पदार्थ थुपारिएको समाचार आएपछि राष्ट्रिय जनमोर्चाले उक्त कार्यको बिरोध जनाएको छ । राष्ट्रिय जनमोर्चाका रुपन्देहीका अध्यक्ष टान बहादुर् केसी द्वारा हस्ताक्षरित वक्तव्यमा रुपन्देहीमा नदीजन्य पदार्थको अबैध उत्खनन र ओसारपसार रोक्न राष्ट्रिय जनमोर्चा रुपन्देहिले माग गरेको छ।