
बाबुराम विस्वकर्मा
मानव समुदाय फिरन्ते जिवनबाट कृषिमा प्रवेश गरे पछि स्थायी बसोबासको स्थिति सृजना भयो।एउटा निश्चित भुभागमा जमिनलाई खनजोत गरि खाद्यान्न उत्पादन गर्नुले मानिस लाई स्थायी वासिन्दा बनायो।किनकि कृषि उत्पादन लाइ लामो समयको परिश्रम र रेख देख आवश्यक पर्यो ।
जनसंख्याको वृद्धि सङ्गै मानिसका आवश्यकताहरु पनि वृद्धि हुँदै गए।सिमित आवश्यकता हुँदा एउटा व्यक्तिले आफ्ना आवश्यकता आफै पुरागर्न सक्थ्यो ।तर बढ्दै गएका आवश्यकताले श्रमविभाजनलाइ प्रोत्साहन गर्यो।श्रमविभाजन जनसंख्या वृद्धि र त्यसले सृजना गरेको आवश्यकताको उपज थियो।यसरी मानव समाज अघि बढ्ने क्रममा त्यसलाई व्यवश्थितरुपमा सन्चालन गर्न केही विधि वा नियमको आवश्यकता महशुस गरियो।जसले गर्दा विभिन्न समाजमा सन्चालनका त्यस्ता नियमहरु निर्माण हुदै गए।त्यसै क्रममा भारतीय उपमहाद्विपमा हिन्दु धार्मिक विधान रचना भयो।जसलाई वेद भनिन्छ ।वेदलाइ श्रुति र स्मृतिको माध्यमबाट ऋषि वेदव्यासले रचना वा लिपिवद्द गरेका हुन भन्ने कुरा हिन्दु धार्मिक ग्रन्थहरुमा उल्लेख गरेको पाइन्छ।श्रुति भनेको ईश्वरको वाणी सुनेको र स्मृति भनेको त्यसलाई सम्झेर लेखेको।
वेदव्यासले चारवटा वेदको रचना गरे,जसमध्ये ऋषवेद पहिलो मानिन्छ।उक्त ऋषवेदको दसौं मण्डल मा मानिसको उत्पत्ति सम्वन्धमा भनिएको छ-
व्राह्मणोश्या मुखमासीद बाहु राजन्य कृत:!
उरु तदस्य यदैश्य: पद्भ्याम् शुद्रो अजायता !!
पुरुष सुक्त (१०:९०:१२)
यसको अर्थ-व्राहमण मुखबाट जन्मिएको ,जसको काम वेद अध्ययन गर्ने र गराउने।क्षत्रीयको जन्म बाहुबाट भएको र जसको काम शासन र सुरक्षा ।वैश्यको जन्म जाङ्गबाट भएको र जसको काम कृषि ,पशुपालन र व्यापार।त्यसैगरी शुद्रको जन्म खुट्टा वा पैतालबाट भएको र जसको काम सेवा,श्रम र सिल्प।
यसरी मानव समाजलाइ चारवटा श्रम क्षेत्रमा बाडियो।उक्त्त समयमा श्रम व्यवस्था वा पेशा गतिशील थियोे।एउटा पेशा वा काममा आवद्द व्यक्ति अर्को पेशा वा काममा जान सक्थ्यो।पेशाको छनौट र त्यागमा कुनै बन्देज वा वाध्यकारी व्यवस्था थिएन।उदाहरणका रुपमा ऋषि विश्वमित्र,वाल्मीकि र सुदामा लाई लिन सकिन्छ।त्यतिबेला वर्णहरुबिचमा असमानता तथा उच निच भन्ने थिएन।
तर,जब मनुस्मृतिको आगमन वा रचना भयो तब त्यसले गतिशील श्रम व्यवस्था लाई अनुलङ्घनिय बनाइयो।कुनै पनि वर्णमा जन्मिएको व्यक्ती ले आफ्नो वर्णको पेशा मात्रै गर्नुपर्ने बाध्यात्मक अवस्था सृजना गरियो।जसको कारण श्रम क्षेत्र जातमा आधारित बन्न पुग्यो।
वेद हिन्दु धार्मिक व्यवस्था को संविधान हो,यो कठोर र अपरिबर्तनिय मानिन्छ।किनकी यसलाई ईश्वरको वाणी वा आदेश मानिन्छ।मनुस्मृतिमा स्विकार गरिएको छ कि,स्मृति को रचना ऋष वेदकै आधारमा भएको हो र त्यसैको निरन्तरता हो भनेर।त्यसैले मनुस्मृती ऋष वेदमा आधारित रहेर बनेको हिन्दु सम्हिता हो,कानुन हो जातिय दण्द विधान हो।
मनुस्मृतिले चारवटा श्रम क्षेत्रलाइ अनुलङ्घनिय बनाएको तथ्य मनुस्मृतिमै पाइन्छ-
एकमेव तु शुद्रश्य प्रभु: कर्म समादिशत !
एतेषामेव वणानाम शुश्रुषामनसुयया!!
मनुस्मृती अध्याय १ ! ९१!
यसको अर्थ ,वर्ह्माले उपर्युक्त तीन वर्णहरुका गुणलाइ अनुसरण गर्दै सेबा गर्ने भनेर एउटा मात्रै कर्म शुद्रलाइ निश्चित गरिदिएका छन।
त्यसैगरी मनुस्मृतिको अध्याय २को १८औ श्लोकमा भनिएको छ-
तस्मिन्देशे य आचार: परम्पर्यक्रमागत:!
वर्णानाम सान्तरालानम स सदाचार उच्यते।।
यसको अर्थ-त्यस देसमा चार वर्ण र तिनका ठिमाहा जातिहरु बसोबास गर्दै जुन परम्परागत आचार पालना गर्दछन,त्यसैलाई सदाचार भनिन्छ ।
उपर्युक्त व्यवस्था ले चारवटा श्रम क्षेत्र लाइ अनुलङ्घनिय बनाइ व्राह्मणलाइ जातीय संरचनाको उच्च तहमा राख्यो भने शुद्रलाइ सबैभन्दा पीधमा राख्यो।
त्यसपछि समाजमा ब्राह्मणहरुद्वारा धर्मको (वेद)आढ्मा यस्तो मान्यता स्थापित गरियो कि-
ब्राह्मणो मुखे सत्यम।
ब्राह्मणस्य वाचनात सर्बपरिपुणेमस्तु!
अर्थात ,ब्राह्मण को मुखमा सत्य बस्छ।ब्राह्मण ले बोलेको कुरा सत्य हुन्छ,किनकी उनिहरु वेद-धर्म ज्ञानका अधिकारी हुन।
यसरी ब्राह्मण लाई सर्बश्रेष्ठ बनाइयो ताकी अन्य वर्णले त्यसमा दाबिगर्न नपाओस।
त्यसैको निरन्तरता आजको हिन्दु समाज बिशेषगरी भारत र नेपालमा चलिरहेको छ जुन सनातन वा प्रथाको नाममा बलियो व्यवस्था बनेर रहेको छ।जसको कारण समाजमा नेतृत्व ,सम्पत्ति र सम्मान निश्चित जातको कब्जामा रहन पुगेको यथार्थता छर्लङ्ग छ।
वास्तवमा यो मानव समाजको अमानवीय र निकृष्ट चलन हो,अधर्म हो।यस्तो चलनलाइ बदलेर सभ्य समाजको निर्माण गर्नु सबै सचेत मानवको दायित्व हो।