केपी ओलीले मेरो राजनीतिक जिबन सिध्याउने खेल खेले – माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजनीतिक करिअर समाप्त पार्न खोजेको बताएका छन् । अख्तियारले बिहीबार विशेष अदालतमा आफूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि नेपालले यस्तो बताएका हुन् ।

उनले केपी ओली सुरुदेखि नै आफूविरुद्ध लागेको र राजनीतिक करिअर समाप्त पार्ने ओलीको नियत नै भएको बताए ।

उनले भने, केपी ओली मेरो विरुद्धमा सुरुदेखि लाग्नुभएको हो । मेरो राजनीतिक करिअर समाप्त पार्ने उहाँको नियत नै हो, पहिले पनि पटकपटक कोसिस गर्नुभएको हो । उहाँ बदलाको भावनाबाट चल्ने मान्छे हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation