जातिय समता समाजको भेला सुरु गणतन्त्र ल्याउन दलितहरूको महत्त्वपूर्ण योगदान : भट्ट

शंकर प्रसाद पोख्रेल ,बुटवल रुपन्देही ,
जातिय समतासमाजको दशौं राष्ट्रिय भेला आजदेखि बुटवलमा सुरु भएको छ।भेलाको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा महासचिव मनोज भट्टले गरेका थिय।भेलाका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रिय महासचिव मनोज भट्टले दलित समुदायमाथिको दमन शोषण अझैपनि बाकि रहेको बताएकाछन समाजमा अझै पनि छुबाछुत बाकिरहेको उनले बताए । दलित समुदायमाथि बिभेद सोसणका ठुला ठुला गाथाहरु रहेका छन । मान्छेले मान्छेमाथि गर्ने बिभेद बाट अझै पनि समाज स्वतन्त्र हुन नसकेको कारणले सबैजान एकजुट भएर लाग्नु पर्ने बताए । दमन र अत्याचार निकै सहेर बस्नु परेको बताउदै अब सबैले आवाज उठाउनपर्ने उनले बताए । दलित समुदायको अबस्था फेरिन सकेको छैन । दलितको नाममा उपल्लो जातका टाठाबाठाहरुले सेबा सुबिधा ल्याएको समेत उनले बताए । दलितको आरक्षणको कोटामा ठुलाबडा भनौदाले हालिमुहालि गरिरहेका छन । दलित जातिभित्र साम्रज्यबादि सक्तिले धर्मकोनाम बाट धर्मको नामबाट अझ पेचिलो बनाईदिएको बताउदै बिभिन्न एन्जिओ आईएन्जिओहरुले पनि समाजमा गलत खालको भ्रम सिर्जना गरेकाकारके समाज अझै परिबर्तन हुन नसकेको उनले बताए । भट्टले लोकतान्त्रिक गणतन्त्रको पराप्तिको आन्दोलनमा दलित बर्ग अग्रपंक्तिमा होमिएको बताउदै अधिकारमा समनाता ल्याउन एकजुट हुनुपर्ने बताए।राजाबादि सक्तिहरु हाबि हुनुको मुख्य कारण अहिलेका सासकहरु रहेको बताउदै अहिले सत्ता संचालक हरुले भ्रष्टाचारलाइ संरक्षण गर्नाले यो ब्यबस्थामाथि प्रश्न चिन्ह उठेको बताए ,गणतन्त्रको विकल्प राजजन्त्र न भएको महासचिव भट्टले बतौदै गणतन्त्रको रक्षाको लागि सबै लोकतान्त्रिक शक्तिहरु एकजुट हुनुपर्ने बताय।

कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रिय सचिबालय सदस्य दुर्गानाथ खरेल ,कम्युनिष्ट संग्राहलयका अध्यक्ष चेतनाथ आचार्य ,तराइ मधेस जनाबादि मोर्चाका अध्यक्ष बद्रे आलाम प्रगतिशील पत्रकार महासंघका अध्यक्ष स्यामलाल पोख्रेल ,अखिल नेपाल युबक संघका उपाध्यक्ष चोप बहादुर बिक ,अखिल नेपाल किसान संघका उपाध्यक्ष ,केबि घले रक्तिम सांस्कृतिक अभियानका मान बहादुर नेपाली ,अखिल नेपाल शिक्षक संघका केन्द्रिय सदस्य बिनोद बोहरा,उधोग ब्यपार संघका पुर्ब अध्यक्ष ढुण्डिराज सर्मा, अखिल नेपाल प्रगतिशील कानुन व्यवसायी संघका हेमराज सर्मा ,जातिय समतासमाजा पुर्ब अध्यक्ष दिल बहादुर बिक ,मुल प्रबाहका चन्द्र बहादुर थापा,अखिल नेपाल जनजाती सम्मेलनका केस हरि राहाडि , नेकपा (मसाल ) रुपन्देहीका प्रबक्ता लालचन्द पन्थ ,राष्ट्रिय जनमोर्चा रुपन्देही जिल्ला अध्यक्ष टान बहादुर केसी अनेरास्ववियु (छैठौं)का केन्द्रिय सचिबालय सदस्य कुल चन्द्र सर्मा,अखिल नेपाल महिला संघकि के. स सम्झना पौडेल ,लगायतले शुभकामना मन्तव्य राखेका थिय।
कार्यक्रमको बिच बिचमा रक्तिम सांस्कृतिक अभियाका कलाकारहरु बिजय र पुजाले जसिलो गित र नृत्य प्रस्तुत गरेका थिय।
भेलाको अध्यक्षता जातिय समता समाजका अध्यक्ष तथा राष्ट्रिय सभाका सांसद राजेस बिक ,स्वागत भासण केन्द्रिय सदस्य खगेस्वर सुनार,र संचालन महासचिव भक्त बिस्वकर्माले गरेका थिय।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation