
कमल पौडेल प्युठान।
राष्ट्रिय जनमोर्चा जिल्ला समिति प्युठानले सञ्चालन गरेको प्रतिगमन विरुद्धको सभा आज सरुमारानी गाउँपालिकाको दरबारमा सम्पन्न भएको छ।
राष्ट्रिय जनमोर्चा जिल्ला समिति गठनका सल्लाहकार कुलदेव जिसीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका सल्लाहकार सुरेश थापाको प्रमुख अतिथ्य रहेको थियो। उहाँले हाम्रो देशका ठूला पार्टीहरूलाई नेपाली जनताले विश्वास गरेर पठाएको गरिब किसान मजदुरहरूले आफ्नो हकहित र समस्या समाधानको लागि दिएको भोटलाई अपमान गरी देश र जनताको हितमा भन्दा आफू र आफ्ना आसेपासेको फाइदाका निम्ति त्यो भोटलाई प्रयोग गरेको हुँदा देशमा अहिले यस्तो अवस्था आएको कुरा उल्लेख गर्नुभयो। भ्रष्टाचार हिजो राजाका पालादेखिने भएको र अहिले पनि यी ठूला सत्तासिन दलहरुले अझै संस्थागत गर्दै गएको हुँदा सबै दलका नेताहरू यो समस्या बाट उठ्न नसक्ने कुरा पनि प्रष्ट रहेको बताउनुभयो। त्यसले उक्त कार्यक्रममा नेकपा मसाल लुम्बिनी प्रदेशका प्रवक्ता प्रवक्ता तिलक जिसीले मसान घाटमा पुगिसकेको राजसंस्थालाई ब्युताएर फेरि राजाको शासन ल्याउँछु भन्ने कुरा आम नेपाली जनताको चाहना नभएको र त्यो सपना कहिले पुर्याउन नसक्ने कुरा बताउनुभयो युवाहरूलाई विदेश पठाएर यो देशको विकास गर्न नसकिने हुँदा सृजनशील क्षमतावान युवाहरूलाई नेपालमै रोजगारी सिर्जना गरी देश समृद्ध बनाउनुपर्ने कुरामा जोड दिनुभयो उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चाका प्युठान जिल्लाका सदस्य धुर्व थापालेसम्म आफ्ना बनाएर राख्नुभएको थियो। कार्यक्रमको स्वागत देवी भण्डारीले र सञ्चालन कमल पौडेल गर्नुभएको थियो।भने कार्यक्रमको बीचबीचमा रक्तिमका कलाकारहरूद्वारा जनवादी नृत्य तथा गीत समेत प्रस्तुत गरेका थियो ।