सम्मरिमाइ ,५ मर्चवार क्षेत्रमा एक युवती जलेको अवस्थामा मृत फेला

रुपन्देही । रुपन्देहीको सम्मरीमाई गाउँपालिका-५ स्थित मर्चवार क्षेत्रमा एक युवती जलेको अवस्थामा मृत फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक गणेश सापकोटाका अनुसार स्थानीय २२ वर्षीया सिर्जना पाल जलेको अवस्थामा आज आइतबार विहान करिब १ बजे खेतमा भेटिएकी छन।

आफ्नो घरदेखि करिब १ किलोमिटरको दुरीमा सिर्जना जलेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले विहान २ बजे नै सो ठाउँमा पुगेर अनुसन्धान अघि बढाएको छ । उनका श्रीमानलाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछ तथा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation