युके पठाइदिने भन्दै ११ करोड ठगिको गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं ,युके पठाइदिने भन्दै ११ करोड ठगिको आरोपमा दुई जना पक्राउ परेकाछन।

पक्राउ पर्नेमा मोरङ रतुवामाई नपा-१० घर भई हाल काठमाडौँ महानगरपालिका–६, सरस्वती नगर बस्ने ४४ वर्षीय लक्ष्मण पराजुली, सबेला नपा-१२, धनुषा घर भई हाल काठमाडौँ महानगरपालिका–३२, नरेफाँट बस्ने ४७ वर्षीय अरुणराज शर्मा रहेका छन्।

महेश लिम्बुको जाहेरीका आधारमा वादी नेपाल सरकार रहेको वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दामा वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँले काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पक्राउ गरी उपस्थित गरिदिने भन्दै पत्र पठाएको थियो। पत्र प्राप्तपछि उक्त कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई आइतबार काठमाबाट पक्राउ गरेको हो।

पक्राउपछि उनीहरूलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीको लागि सोमबार वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाइएको प्रहरी उपरीक्षक तथा सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिए।

हालसम्मको अनुसन्धानमा उनीहरूले ३८ जना पीडितलाई “युकेमा रोजगारीमा पठाइदिन्छौं” भन्दै आकर्षक प्रस्ताव राखी विश्वासमा पारेर ११,०६,९७,००० (एघार करोड छ लाख सन्तानब्बे हजार) ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation