शान्ती पुर्न:स्थापना गृहले बेलहियाबाट ८ युवतीको उद्धार गर्यो

 

भैरहवा, जेठ २९
शान्ती पुर्न: स्थापना गृह सिनपा १ बेलहिया रुपन्देहीले बेलहियाबाट ८ जना युवतीलाई उद्धार गरेको छ । रोजगारीको सिलसिलामा नेपालबाट भारत हुदै युरोपको सोेभाकिया जान लागेका ८ जना युवतीहरुलाई शंकास्पद अवस्थामा सोमबार साझ शान्ती पुन स्थापना गृहले उद्धार गरेको हो ।

शान्ती पुन स्थापना गृह सिनपा १ बेलहिया रुपन्देहीका प्रमुख नितेश चौधरीका अनुसार दिल्ली जाने नेपाल भारत मैत्री बसबाट बेलहिया नाकाबाट भारत हुदै युरोपको सोेभाकिया जादै गरेका उनीहरूलाई सोधपुछ गर्दा कुनै प्रमाण नभेटिएपछि शंका लागेपछि प्रहरीको जिम्मा लगाइएको थियो। युवतीहरुलाई युरोपको सोभाकियामा काम लगाइदिने भन्दै एजेण्टले एक जनाबाट १४ लाख माग गरेको थियो भने एक लाख लिइ सकेको युवतीहरुले बताएका छन ।

१८ देखि २५ बर्ष उमेर समुहका ति युवतीहरु चितवनका हुन । उद्धार गरिएको युवतीहरुलाई शान्ति पुन स्थापना गृह र प्रहरीेको रोहबरमा उनीहरुलाई अभिभावकको जिम्मा लगाइएको छ । पछिल्लो समय मानवतस्करले विशेष गरेर युवती तथा किशोरीहरुलाई जागिरको प्रलोभन देखाएर भारतबाट अन्य देशमा लैजाने क्रम बढ्दै गएको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation