प्रतापपुरकाे पचफेडा गाउँ जाेड्ने पुलकाे शिलान्यास

 

 

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको वडा नम्बर ४ मा रहेको पचफेडा गाउँलाई जोड्ने गरी खजुरा खोलामा पक्की पुल निर्माण सुरु भएको छ । पुल निर्माणको आज एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो । हरेक वर्षायाममा खजुरानदिमा उर्लने बाढीले स्थानीयका जनजीवन प्रभाबित पार्दै आएकाले त्यहाँ पुल बनाउन लागेको प्रतापपुर गाउपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताउनु भयो । गाउँपालिका अध्यक्ष यादवले एक वर्षभित्र निर्माण सक्ने गरी काम सुरु भएको जानकारी दिुनभयो ।

पुल नहुदा प्रत्येक बर्ष पचफेडाका स्थानीयले बाढीका कारण समस्या खेप्दै आएका छन् । पुलको अभावमा विद्यालय पढ्न आउजाउ गर्ने बालबालिका समेत समस्यामा पर्दे आएकाले त्यसलाई मध्यनजर गर्दे पुल निर्माण थालिएको अध्यक्ष यादवले बताउनुभयो ।

पुल बन्ने भएपछि आगामी वर्षको वर्षायाममा समस्या नहुने आशा पलाएको स्थानीय रामबली राजभरले बताउनुभयो । चुनावको बेला पुल बनाउछु भन्छन् सबै तर काम कसैले नगरेर अहिले बल्ल पुल निर्माण हुने आशा पलाएको छ, राजभरले भन्नुभयो ।

१ करोड ४० लाखको लागतमा बन्ने उक्त पुल ५० फिट लामो र ५ मिटर चौडाईको हुने छ । ईश्वर त्रिरत्न जेबी कम्पनी ले निर्माणको जिम्मा पाएको उक्त पुल एक वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation