
भारतको गुजरातस्थित अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना हुँदा त्यसमा सवार सबै २४२ जनाको मृ’त्यु भएको भारतीय संचार माध्यमहरुले जनाएकाछन । समाचार एजेन्सी एपीले गुजरातका प्रहरी कमिश्नरलाई उद्धृत गर्दै विमानमा सवार कोही पनि जीवित नरहेको पुष्टि गरेको हो। दुर्घटनास्थलबाट निकालिएका अधिकांश शवहरू नराम्ररी ज’लेको अवस्थामा भेटिएका छन्, जसकारण उनीहरूको पहिचान गर्न अत्यन्तै कठिन भइरहेको छ। अधिकारीहरूका अनुसार, श’वहरूको पहिचान अब डीएनए परीक्षणपछि मात्र सम्भव हुने बताइएको छ।