इरान द्वारा इजरायलमाथि जवाफि हमला सात जनाको मृत्यु,सयौं घाइते

 

इजरायल  । इरानले गरेको पछिल्लो मिसाइल आक्रमणमा मध्ये इजरायलको तेल अभिभ महानगरीय क्षेत्रको केन्द्रमा पर्ने बत याम सहरमा एक भवनमा मिसाइल खसेको छ ।

इजरायली आपतकालीन सेवा मागेन डाभिड एडमले यो प्रहारमा कमसेकम सातजनाको मृत्यु र लगभग १०० जना घाइते भएको पुष्टि गरेको छ ।  उद्धारकर्मीहरूले ध्वस्त भवनको भग्नावशेषबाट घाइतेहरूलाई बचाउन प्रयासरत रहेका छन् ।

इरानले रातभर इजरायलमा बिभिन्न चरणमा मिसाइल प्रहार गरेको छ । यसअघि इजरायली समाचार स्रोतहरूका अनुसार, उत्तरी इजरायलको हाइफा नजिकैको आवासीय क्षेत्रमा मिसाइल प्रहार गर्दा कमसेकम पाँचजनाको मृत्यु भएको बीबीसीले जनाएको थियो ।

इजरायली आपतकालीन सेवा मागेन डाभिड एडमले तेल अभिभमा भएको अर्को प्रहारमा ६० वर्षीया एक महिलाको मृत्यु भएको जनाएको थियो भने ४४ जना घाइते भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation