इजरायलले आक्रमण नरोके , परमाणु कार्यक्रमबारे वार्ता हुँदैन :ईरान

तेहरान,एजेन्सी ।

इरानले इजरायलबाट भइरहेको आक्रमण नरोकिएसम्म परमाणु कार्यक्रमका विषयमा कुनै किसिमका वार्ता शुरु नहुने बताएको छ । इरानका विदेशमन्त्री अब्बास अरागचीले युरोपेली नेताहरुसँगको भेटमा आक्रमण भइरहेको बेला परमाणु कार्यक्रमसम्बन्धि कुनै वार्ता शुरु हुन नसक्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

इरानी विदेशमन्त्री अब्बासले गएराति  जेनेभामा युरोपिय नेताहरुसँग भेटघाट गर्नुभएको हो । भेटमा युरोपेली नेताहरुले इरानले अमेरिकासँग परमाणु कार्यक्रमलाई लिएर फेरि वार्ता गर्नुपर्ने अनुरोध गरेका थिए ।

इरान र इजरायलबीच संघर्ष जारी छ । दुबै देशले एक अर्का विरुद्ध मिसायल आक्रमण गरिरहेका छन् । इजरायलको आक्रमण रोकिएपछि भने परमाणु कार्यक्रमसम्बन्धी वार्ताबारे सोच्न सकिने इरानले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation