
प्रेम सागर
प्युठानमा संघ र प्रदेशकाे २०८२/०८३ काे बिकास बजेट बिनियाेजन संगै सामाजिक संजाल फेसबुक भरि सत्ताधारी एमाले र काङ्ग्रेसले श्रेय कस्ले लिने भन्ने बिषयमा तछाड मछाड गरिरहेका छन्।अबकाे केही दिन भित्र स्थानि सरकारकाे पनि बजेट आउने तयारिमा छ।संघ र प्रदेश सरकारकाे बजेटमा व्यापक रुपमा जनगुनासाे पनि उठिरहेकाे छ।याे बजेटकाे चर्चाले हाम्रो प्युठान नगरपालिका ५ जुम्रिकांढा लाई पनि छाेएकाे छ।आवाज उठ्नु गाउँ र समाजकाे लागि सकारात्मक पक्ष हाे।उठ्नु पर्छ। सधै आवाज बुलन्द गरिरहनु पर्छ र सम्बन्धित निकाय सम्म पुराउनु पर्छ। कुनै पनि देशकाे बिकाश हुन वा समृद्ध हुनकाे लागि मुख्यतया ३ वाेटा पक्षकाे प्रमुख भुमिका रहन्छ। १) देशकाे शासन ब्यबस्था २) राज्य संचालन गर्ने प्रणाली र ३)देशको शासन चलाउने सासक बर्ग
१) अहिले हाम्रो देशमा लाेकतान्त्रिक गणतन्त्रात्मक ब्यबस्था रहेकाे छ।याे ब्यबस्था निरंकुश राजतन्त्रको ब्यबस्था भन्दा तुलनात्मक रुपमा गणतन्त्र ब्यबस्था अलि उच्चतम र प्रगतिशिल ब्यबस्था हाे।याे ब्यबस्थामा शासन चलाउन सासक बर्गहरुलाई ५/५ बर्षमा जनता द्वारा जनताका प्रतिनिधि छान्ने अधिकार रहेकाे छ।छानियका वा बिजय भएर गएका प्रतिनिधिहरुले नितिनियम बनाई जनताका मुलभुत समस्या के छ पत्ता लगाउने र आबश्यक महशुस गरे सम्बन्धित निकाय बाट बजेट छुटाई त्यस समस्याकाे समाधान गर्ने अधिकार र कर्तव्य ती प्रतिनिधि हरुकाे हुन्छ।त्यसैले याे ब्यबस्था राजतन्त्रको तुलनामा प्रगतिशील ब्यबस्था हाे तर हाम्रो आबश्यकता पूरा गर्नकाे लागि याे ब्यबस्थाले पनि पुग्दैन किनकि याे पुजीवादी ब्यबस्था हाे।याे ब्यबस्थामा जसले सत्ता चलाईरहेकाे छ।त्यसलाई र त्यसका वरिपरिका आसेपासे हरुकाे लागि मात्र हाे।याे ब्यबस्था बाट पनि जनताहरुकाे चाहाना र भावना अनुसारकाे माग पुर्ति हुन सक्दैन ।त्यसैले याे पुजीवादी ब्यबस्था भन्दा अझै उच्च प्रकारकाे ब्यबस्थामा जानू पर्छ त्याे हाे समाजवादि ब्यबस्था।समाजवादी ब्यबस्थामा जानकाे लागि फेरि हामी सबै भन्दा पहिले जनवादी गणतन्त्रमा जानू पर्दछ।जसकाे लागि नौलो जनवादी क्रान्तिकाे आबश्यकता पर्दछ।जुन पुजीवादी ब्यबस्था लाई समाप्त पारि जनता द्वारा शासन सत्ता चलाउने ब्यबस्था हाे। याे प्रक्रिया अलि लामाे छ। पुजीवादी ब्यबस्था भित्र पनि जनताका केही मुलभुत समस्याकाे समाधान गर्न सकिन्छ तर याे ब्यबस्था भित्र तत्कालीन रहेका सासक हरुकाे भ्रष्टाचार,बिक्रिति र ब्यक्तिगत स्वार्थका कारण कुनै सम्भावना देखिदैन।
२) यहि पुजीवादी ब्यबस्था लाई पनि फेरि संघिय प्रणालीकाे जालाे भित्र हालेर राज्य संचालन गरिरहेका छन्।संघिय प्रणाली आफैमा नराम्रो प्रणाली हाेईन तर नेपालकाे सन्दर्भमा याे घातक प्रणाली साबित हुँदै आएकाे छ।जसले गर्दा नेपालमा आर्थिक भार पर्नुका साथै देशमा चाहेकाे र भनेकाे अनुसार देश बिकासमा लगानी गर्न सकिरहेको अबस्था छैन।संघिय प्रणाली अन्तरगत रहेकाे प्रदेशका मन्त्री तथा मुख्य मन्त्री,निर्वाचित प्रदेश सांसद र तिनिहरुका सचिव तथा सल्लाहकार देखि लिएर आफ्ना आसेपासे हरुलाई खर्च पुराउन संघको मुख हेर्नु परेकाे छ।एकातिर भ्रष्टाचार मौलाई रहेकाे छ।जसको कारणले देश बिकासमा प्रमुख समस्या देखापरेकाे छ।एकातिर प्रदेश र संघको कारण आर्थिक रुपमा देश र जनतालाई भार त छदैछ त्यसमा पनि जनता हरुमा झगडा र कलहकाे प्रमुख पाटाे संघिय प्रणाली बनेकाे छ।त्यसैले संघिय प्रणाली पनि देश बिकास हुन नसक्नुकाे प्रमुख पक्ष हाे।
३)अर्काे कुरा हामी लाई थाहा याे हुनु पर्छ कि राज्य संचालन गर्ने सासक बर्गहरु कुन नीति सिध्दान्त बाट चलेका छन्?उनिहरुकाे नियत कस्तो छ?यी कुरा हरुमा भर पर्दछ।हामिले एक किलाे आलु किन्दा सडेकाे वा बिग्रिएकाे आलु छान्न जानेका छौँ तर देश बनाउने पार्टी र सहि ब्यक्ति छान्न जानेका छैनौं।राजतन्त्र देखि लाेकतान्त्रिक गणतन्त्र सम्म आई पुग्दा पनि उहीँ पार्टि र त्यहि पार्टीका मान्छेलाई भाेट दिएर पठाउछौं याे हाम्रो प्रमुख कमजोरी हाे।यिनिहरु बाट देश र जनताकाे समस्याको समाधान हुदैन भन्ने कुरा आज बाट हाेईन हिजाे बाटै थाहा थियाे। तर हामी पटक पटक उहीँ पार्टीलाई जिताएर पटक पटक गल्ती दाेहाेराई रहेका छौँ ।जुन नियत बाेकेकाे ब्यक्ति लाई जिताएका छौँ त्यस्तै प्रतिफल आउनु साेभाबिकै हाे।यी सासक बर्ग हरुकाे चिन्ता जनता र देश प्रति छैन यिनिहरुकाे चिन्ता कसरी पुजिपति बर्ग लाई खुसि बनाए र कमिसन खान सकिन्छ।कसरी भ्रष्टाचार गर्न सकिन्छ।त्यता तिर बढि ध्यान छ।हामिहरुले देखेका छौँ गिरिबन्धु टि स्टेट देखि ललिता निवास सम्म बेचेर खाएका छन्।एयरपोर्टमा कुईन्टलकाे कुईन्टल सुन कान्ड देखि नेपालीलाई भुटानि सरणार्थी बनाएर नेपाली नागरिक बेचेकाे अनि भिजिट भिषामा बाहिर जाने नेपाली नागरिक हरु बाट कमिसन खाएकाे पनि हामी लाई थाहा छ।अनि हामी यस्ता सासक बर्ग बाट देश बिकास हाेला भनेर आसा गर्नु आकाशकाे फल आँखा तरि मर भनेझै हाेईनर?अब देश यिनिहरु भएर हाेईन यिनिहरु नभए पछि मात्र बन्छ। मन्त्री देखि प्रधानमन्त्री सम्म भ्रष्टाचारमा डुवेका सासकहरु बाट देश बन्न सक्दैन।देश झन पछि झन खाेक्राे हुँदै गईरहेकाे छ।
प्युठानमा यतिबेला याे बजेट मेराे पार्टिले पारेकाे,त्याे बजेट मेराे पार्टिले पारेकाे भनेर एमाले र कांग्रेसले आआफ्नो डम्फु बजाई रहेकाे सामाजिक संजाल भरि रमिता हेर्न आनन्द लागिरहेकाे छ।जसकाे पहल बाट बजेट परे पनि न त खुसिकाे विषय छ न त दुखकाे बिषय छ।याे बजेट जनता लाई चाराे छरिएको मात्र हाे।आखिरिमा हात्ती आयाे हात्ती आयाे फुस नै हुन्छ।जति बजेट परेकाे छ त्यति बराबरकाे काम हुनै सक्दैन।याे बजेटमा केन्द्र देखि उपभोक्त सम्म आई पुग्दा कम्तिमा ५० प्रतिसत चुहावट भईसकेकाे हुन्छ।खालि तछाड र मछाड मात्रै हाे।त्यसैले हामी खालि रमिता हेर्ने मात्रै हाे।सायद प्रदेश सरकार नभएर केन्द्र सरकार बाट स्थानिय सरकारलाई आर्थिक जिम्मेवारी दिएकाे भए याे रमिता भए पनि कमै हुने थियाे हाेला।कमसेकम प्रदेश सरकारमा लगानी हुने आर्थिकले केही रकम त बिकासमा लगानि त गर्न सकिन्थ्यो।जनताहरुमा चरम असन्तुष्टि छ।मेराे गाउमा बजेट किन परेन भनेर प्रश्न उठिरहेकाे छ।प्रश्न उठ्नु अति सकारात्मक पक्ष हाे।कम्तिमा पनि आवाज उठाउनु त भएकाे छ। तर कतिपय साथि हरुले मेराे पार्टीको मेराे मान्य ज्युले गर्दा परेकाे बजेट भन्ने हास्यास्पद कुराले बढि चर्चा पाईरहेकाे छ।मास्टरकाे काम पढाउनु हाे।किसानकाे काम कृषि उत्पादन गर्नु हाे भने जनता द्वारा निर्वाचित जनप्रतिनिधिको काम नितिनियम तथा बिकास बजेट बनाउनु हाे।तर प्युठानकाे सन्दर्भमा कसैले माननीय सुर्य थापाले गर्दा बजेट आयाे,कसैले माननीय राेज राणाले गर्दा बजेट पर्याे त कसैले माननीय तुलसि शर्माले गर्दा बजेट पर्याे भन्ने चर्चा र बिवाद देखिन्छ।यदि यसाे हाे भने नपरेकाे बस्ति तथा ठाउकाे जनता बाट उठेकाे असन्तुष्टि आवाजकाे पनि जिम्मा लिनु पर्छ।आफ्नो भाेटर र पार्टी हेरेर गरिएको बजेट बिनियाेजनले जनतामा चरम असन्तुष्टि छ।बजेट बाडफाड आबश्यकताकाे आधारमा गरिनु पर्थ्याे तर त्याे हुन सकेन।त्याे नहुनु देश र जनताको लागि दुख:द कुरा हाे।राज्यकाे लगानि खालि भौतिक क्षेत्रमा मात्र बढि देखिन्छ।भौतिक सम्रचना बन्नु मात्र बिकास हाेईन,जनताका चेतना र जनताका आर्थिक अबस्थामा सुधार अर्थात आत्मनिर्भर गराउनु प्रमुख बिषय हाे।जसकाे लागि उद्योग,स्वास्थ्य,आत्मनिर्भर शिक्षा र कृषि क्षेत्रमा पनि लगानि गर्न जरुरी थियाे र छ।