
चिनले इरानमाथि अमेरिकाले गरेको आक्रमणको कडा निन्दा गरेको छ। चीनको विदेश मन्त्रालयले अमेरिकी आक्रमणले अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको सिद्धान्तको उल्लंघन गरेको भन्दै युद्धविराम र वार्ताका लागि अपिल गरेको छ।
अमेरिकाले शनिबार राति इरानका फोर्डो, नातान्ज र इस्फहानस्थित आणविक केन्द्रहरूमा बम प्रहार गरेको राष्ट्रपति ट्रम्पले पुष्टि गरेका छन्। ट्रम्पले इरान शान्तिको बाटोमा नआए अझ कडा कारबाही गर्ने चेतावनी पनि दिएका छन्।