
अर्घाखाँची :
आगामी आर्थिक बर्ष २०८२/०८३ को लागी भूमिकास्थान नगरपालिकाले ल्यायो ८३ करोड ९४ लाख ७४ हजारको बजेट
कृषि, पर्यटन, उद्योग र ब्यापारलाई आर्थिक समृद्धिको आधार मानेको भूमिकास्थानले
कृषितर्फ:
कर्मशिल जनशक्ति परिचालन मार्फत बाझो जग्गामा उत्पादन, व्यवसायीक कृषिको प्रबर्द्धन, रैथाने बाली संरक्षण/प्रबर्द्धन, जडिबुटी उत्पादन/प्रशोधन, अर्गानिक बालीको बीउ उत्पादन र बजारीकरणलाई जोड !
शिक्षातर्फ:
पालिका मातहतका स्कुलको शैक्षिक गुणस्तर सुधारको बिशेष योजना, सिक्दै/कमाउदै/रमाउदै विद्यालय कार्यक्रम, विद्यालय नर्स कार्यक्रम, नैतिक, सास्कृतिक र अनुशासनयुक्त शिक्षा, विद्यालय स्तरीय खेलकुद तथा अतिरिक्त क्रियाकलापलाई जोड !
स्वास्थतर्फ:
आम नगरवासीलाई प्रदान हुँदै आएको सेवालाई अझ सहज र पहुँचयुक्त बनाउने
लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको भूमिकास्थान नगरपालिकाले जनाएको छ ।