
बागलुङ, असार ११ गते ।
बडिगाड गाउँपालिकाले आर्थिक बर्ष २०८२/८३को लागि ७१ करोड ९५ लाख रुपैयाँको बजेट पारित गरेको छ । पालिकाको १७ औँ गाउँसभामा उपाध्यक्ष भिमसेन वनले प्रस्तुत गरेको बजेट पारित गरिएको हो ।
पालिकाले खर्चतर्फ निसर्त चालु खर्चको रुपमा १५ करोड ९९ लाख, सशर्त चालु खर्चतर्फ ४० करोड ३९ लाख ५० हजार गरि कुल ५६ करोड ३८ लाख ५० हजार र पूूँजीगत निसर्त पूूँजीगत खर्च १० करोड ३५ लाख ५० हजार तथा ससर्त पुँजिगत खर्च ५ करोड २१ लाख गरि १५ करोड ५६ लाख ५० हजार खर्च प्रस्ताव गरिएको छ ।
कृषि तथा पशुपन्छी पालनको समुन्नत विकास गरी नागरिकको जीवनस्तरमा सुधार ल्याउँदै स्वरोजगारको संख्यामा वृद्धि गर्ने उद्धेश्य सहित आर्थिक विकास हुने कार्यक्रम सञ्चालन गर्न २ करोड ४ लाख २० हजार विनियोजन गरिएको छ ।
मानव पूँजिको विकासकोलागि सामाजिक विकासतर्फ ४३ करोड ४७ लाख ३० हजार बजेट विनियोजन गरिएको छ ।
पूर्वाधार तथा भौतिक निर्माणमा १५ करोड २५ लाख ५० हजार बजेट विनियोजन गरेको छ । यसले पालिका भित्रका सडकको स्तरोन्नति गरिनेछ ।
पालिकागत रुपमा १ करोड १९ लाख ५० हजार र वडागतमा ४ करोड बजेट विनियोजन भएको छ ।
खाल चिच्चौर छिसफाँट सडकोलागि प्रदेश सरकारसँग साझेदारीमा समपुरक कोषबाट १ करोड २० लाख, संघीय बजेटसँग समपुरक आयोजनाको रुपमा भानु मावि ग्वालीचौरकालागि ६ करोड तथा दगा जिमी राक्से खर्वाङ सडककालागि १ करोड ७५ लाख रकम विनियोजन गरिएको छ ।
वन, वातावरण तथा विपद् व्यवस्थापनमा ५४ लाख बजेट रहेको बडिगाड गाउँपालिकाको कार्यक्रममा संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा १ करोड ३१ लाख ८३ हजार बजेट विनियोजन गरिएको छ