
शंकर प्रसाद पोख्रेल ,बुटवल रुपन्देही ।
“दलित छात्रा सर्बदा विश्वकर्माले शान्ति नमूना मा.वि. (माध्यमिक विद्यालय) बाट SEE परीक्षामा ४.०० जीपीए ल्याउन सफल भएकी छिन्।”
प्युठान जिल्लाको दुर दराजको ग्रामीण गाउं झिमरुक गाउंपालिका २ बादिकोटमा जन्मेकि दलित सामुदायकि छात्रा सर्बदा विश्वकर्माले रुपन्देही जिल्लाको तिलोत्तमा स्थित शान्ति नमूना माध्यमिक विद्यालय बाट २०८१ को एसईईको रिजल्टमा जिपिए फोर ल्यायर उत्तीर्ण हुन सफल भएकिछन। बुवा वाबुराम विश्वकर्मा र आमा वसन्ता विश्वकर्माको कोखबाट २०६६ सालमा जन्मिएकि सर्बदा विश्वकर्माले ,नर्सरी देखि एक कक्षा सम्मको शिक्षा रिमोट इङलिस बोर्डिङ स्कुल बादिकोट र दुई देखि सात कक्षा सम्मको शिक्षा बलभद्र माध्यमिक विद्यालय प्युठान बादिकोटमा हासिल गरेकि थिइन।आठ देखि दश कक्षा सम्मको शिक्षा भने बुटवलको शान्ति नमूना मा बि मा अध्यन गरेकि विश्वकर्माले फोर जिपिए लिएर उतिर्ण भएको खबर सुन्दा आफु खुसिले हर्सित भएको बताइन।
त्यसै गरि सर्बदाका आमा र बाबा ,वाबुराम विश्वकर्मा र वसन्ता विश्वकर्माले छोरिको सफलतामा आफुहरु सन्तुष्ट रहेको प्रतिक्रिया दिएकाछन ।
अवको तपाईंको लक्ष केहो भनेर सोध्दा सर्बदाले ,साइन्स लिएर पढ्ने र एमबीबीएस पढेर डाक्टर बन्ने लक्ष्य रहेको विस्व नेपाली मिडियालाइ बताइन।
तिलोत्तमाको शान्ति नमुना माध्यमिक विद्यालयबाट २०८१ को SEE परीक्षामा कुल १८ जना विद्यार्थीले ४.०० GPA प्राप्त गरेका छन् । यी विद्यार्थीहरूका नामहरू यस प्रकार रहेको छ।
1 Sarbada Bishwakarma
2 Mohammad Rehan Khan
3 Sarita Yadav
4 Seva Regmi
5 Swapnil Gaire
6 Selina Lama
7 Saugat Pandey
8 Susan Pangeni
9 Anil Gyawali
10 Apsan Paudel
11 Srijan Ghimire
12 Shishir Susal
13 Shivani Dumre
14 Sushant Aryal
15 Ashish Pandey
16 Anish Bhusal
17 Sandesh Neupane
18 Kismat Thapa
यो उपलब्धिले शान्ति नमुना मावि‑ले सामुदायिक विद्यालयहरु मध्ये उत्कृष्ट सफलता प्राप्त गरेको प्रमाणित गरेको छ ।
दलित सामुदायकि छात्रा सर्बदा बिस्वकर्माले फोर जिपिए ल्याएर पास हुनु गौरवको विषय हो ,बिस्व नेपाली डटकम फोर जिपिए ल्याउने सम्पुर्ण विद्यार्थीहरु र सर्बदा विश्वकर्मालाइ बधाई छ।
🎉 शुभकामना तथा बधाई! 🎉
दलित समुदायकी मेधावी छात्रा सर्बदा विश्वकर्मा
ले शान्ति नमूना माध्यमिक विद्यालय बाट
SEE परीक्षामा ४.०० जीपीए ल्याएर
सिंगो समाजको शिर गर्वले उचो बनाएकी छिन्।
उनको मेहनत, लगनशीलता र आत्मविश्वासको
यो उपलब्धिमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना।