पेट्रोलियम पदार्थको उच्च मूल्यवृद्धि , प्रति लिटर ५ रुपैयाँले बढ्यो पेट्रोल

काठमाडौँ । पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले साेमबार प्रेस विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी दिएकाे हाे । मंगलबारबाट लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँ मूल्य बढाइएको निगमले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै आन्तरिक हवाई इन्धनमा ७ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलोलिटर ६० डलर मूल्य बढेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation