रुकुमपश्चिममा एक पुरुषले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरे

रुकुम,१८ असार । रुकुमपश्चिममा एक पुरुषले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । जिल्लाको चौरजहारी नगरपालिका–३ टाटागाउँ निवासी ३२ वर्षका चन्द्रबहादुर बुढाथोकीले ३० वर्षीया श्रीमती देविका बुढाथोकीको हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार गए राति चन्द्रबहादुरले धारिलो हतियार (खुकुरी) घाँटिमा प्रहार गरी देविको हत्या गरेका छन् ।

उक्त घटनाको जानकारी लगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक दिपेन्द्र रावतको नेतृत्वमा गएको प्रहरी टोलीले खुकुरीसहित चन्द्रबहादुरलाई नियन्त्रणमा लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation