दूरगामी सहकारीको कागजात च्यातेर भागे अध्यक्ष र सचिव, बचतकर्ताको बिचल्ली

१८ असार,बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं  शान्तिचोकस्थित डिंगरनगर दूरगामी वहुउद्देश्यीय सहकारीमा वचतकर्ताको वचत अपचलन भएको थाहा भएपछि अध्यक्ष  सचिव सम्पर्क विहीन भएका छन  

सहकारीबाट करिब २५ करोड रुपैयां वचत अपचलन भएको आन्तरिक लेखा परीक्षणमा भेटिएको स्रोतले जानकारी दिएको   त्यसमध्ये १२ करोड रुपैयां सहकारीका व्यवस्थापक बसन्त पराजुलीले हिनामिना गरेको पाइएको  

लुम्बिनी प्रदेश कार्यक्षेत्र भएका वहुउद्देश्यीय सहकारीहरुमध्ये एक पछि अर्कोमा समस्या देखिन थालेको   पछिल्लोपटक दूरगामी वहुउद्देश्यीय सहकारीमा यो समस्या देखिएको हो 

वचत अपचलनबारे सूचना बाहिरिएपछि वचतकर्ताहरुले वचत फिर्ताको निवेदन दिन थालेका थिए  त्यसपछि सञ्चालक समितिको वैठक बसेर दुई दिन अघि फिर्ता माग्नेको वचत फिर्ता दिने सहमति सहित वचतकर्ताहरुसंग निर्णय भएको थियो 

तर अर्को दिन  अध्यक्ष घनश्याम तिवारी  सचिव रामबहादुर क्षेत्रीले अघिल्लो दिन भएको सहमतिको माइन्युट च्यातेर सम्पर्क विहीन भएपछि थप कागजात र प्रमाण नष्ट हुन नदिन वडा कार्यालय  प्रहरी चौकी ड्राइभरटोलले सहकारीको कार्यालयमा तालाबन्दी गरिदिएको  

२०५० सालमास्थापना भएको सहकारीमा करिब  हजार सदस्य रहेको पीडित वचतकर्ताहरुले बताएका छन   सहकारीले मुख्य रुपमा दुध संकलन र विक्रीको कारोबार गरिरहेको   सहकारीको तानसेनमा समेत दुध संकलन तथा विक्रि केन्द्र समेत सञ्चालन  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation