जापानले चार नेपालीलाई निष्कासन गर्यो

काठमाडौं : जापानले चार जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा बस्दै आएका उनीहरूलाई जापानको अध्यागमनले निष्कासन गरेको हो।

निष्कासनमा पर्नेमा काशीराम विक, सोहनबहादुर मगर, श्यामलाल लामा र पेमा वाङ्गेल शेर्पा रहेका छन्। उनीहरूलाई विभिन्न एयरलाइन्सको विमानबाट नेपाल फर्काइएको हो। स्रोतका अनुसार उनीहरूलाई गत साता काठमाडौं फर्काइएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation