बरेङ गाउंपालिकाले १० शैयाको अस्पताल बनाउने , बेघर बलबहादुर सार्कीको घर निर्माण गर्ने

बागलुङको बरेङ गाउँपालिकाले १० शैयाक आधारभुत अस्पतालका लागि निर्माण गरेको डिपीआर स्विकृत गरेको छ ।
गाउँपालिकावासीलाई बिषेशज्ञ स्वास्थ्य सेवा दिने उद्देश्य सहित निर्माण गर्न लागिएको अस्पतालको डिपिआर पालिकाको एक सयौ कार्यपालिका बैेठकले स्विकृत गरेको हो ।
हाल हुग्दीशिर स्वास्थ्यचौकी रहेको स्थानमा १४ करोड ५० लाखको लागतमा अस्पताल निर्माण गर्ने गरि पालिकाले डिपिआर बनाएको गाँउपालिका प्रवक्ता तुफान पुनले जानकारी दिनुभयो । अस्पतालको डिपीआर भेक्टर इन्जिनेरिङ सर्भिष प्रालिले बनाएको थियो ।
सताप्दि बैठकले आर्थिक अबस्थाको कारण बस्ने घर समेत नभएका बरेङ १ धुल्लुबास्कोट साविक ७ नम्वर वडा निवासी बलबहादुर सार्कीको घर निर्माण गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । प्राकृतिक बिपत्तीका कारण घरवास बिहिन हुनु भएका सार्कीको घर निर्माणका लागि पालिकाले १ लाख दिने भएको र अपुग भएमा जनश्रमदान गर्ने निर्णय भएको वडा अध्यक्ष नरसिँह पुनले बताउनुभयो ।
यसैगरि बैठकले विविध कारणवस ढिलाइ हुन गएका योजनाहरुको असार २३ सम्म भुक्तानीका लागि म्याद थप तथा सम्पन्न योजनाको तत्काल अनुगमन गरि कार्यसम्पादनका आधारमा भुक्तानी दिने, सुशासन समिति कार्यसन्चालन नियमावलि तथा कर्मचारी अवकासकोस कार्यविधि स्वीकृत र गाउँपालिकाका थप ४ विद्यालय समायोजन तथा दरवन्धि मिलान गर्ने निर्णय गरेको प्रवक्ता पुनले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation