कथा -विवाह

कल्पना पौडेल जिज्ञासु, 

ऋणले मानिसलाई रसातलमा भास्छ भन्ने उखान नै छ । भयो पनि त्यस्तै । घर खर्चर आराम विराम पर्दा लिएको ऋण तिरेर नसकिँदै मोहनकृष्ण बेपत्ता भए । निकै जिम्मेवार र परिवारलाई अगाध स्नेह गर्ने मोहनकृष्ण घर छाडेर भाग्नुपर्ने कुनै कारण थिएन । हिम्मतिला थिए र निडर थिए उनी । उसो त कतै जाने नै भएपनि घरमा केही भनेर जान्थे होलान् !  कुनै उद्देश्य बोकेर मोहनकृष्ण मुग्लान पुगे भन्ने अनुमान लगाए गाउँलेहरूले । गाउँकै सामन्ती स्वभावका रणधीर मल्लले जमीन हडप्ने उद्देश्यले                                                                            मोहनकृष्णलाई माटामुनि दबाए भनेर गाइँगुइँ चल्यो । मोहनकृष्ण बेखबर भएको दुई महिना नपुग्दै मोहनकृष्णले लिएको ऋणको पासो थापेर उनको जायजेथा हडपेको कारण दोस्रो अनुमानलाई बल पुग्थ्यो । तर प्रहरी र प्रशासन समेत आफ्नो मुठीमा राख्ने ल्याकत भएका रणधीरका विरुद्धमा बोल्ने आँट कसैले गर्नसक्ने सम्भावना नै थिएन ।

          गाउँमा मेलापात गरेर भएपनि अज्ञातबासमा पुगेको लोग्नेको प्रतीक्षा गर्नु र बालक छोराको लालनपालन गर्नु भवानीको बाध्यता थियो । गाउँका ठालु भनाउँदा मान्छेहरू भवानीको शरीरमा गिद्धे नजरले कोपर्न खोज्थे । भवानीलाई आफ्नो ज्यानभन्दा पनि बालक छोराको भविष्यको चिन्ताले ग्रसित पारेको थियो । उनले यो गाउँ छोड्ने निधो गरिन् र बालक छोरो काखमा बोकेर निस्किइन् ।

         

 

मोहनकृष्णको छोरा हरिकृष्णले आफ्नो नाम बदलेर तुफान राखेको थियो । शोषक र सामन्तको पञ्जाबाट समाज मुक्त नभएसम्म मानिसले विभिन्न जात र वर्गका आधारमा विभेदपूर्ण जीवन बिताउनु परिरहने कुरा बुझेको थियो उसले । सामाजमा शिक्षाले चेतनाको विकास गरे पनि सँगसँगै सामन्तवाद अर्को विकसित रूप धारण गरेर अगाडि बढ्थ्यो । जसको कारण रङ्ग र रूप फेरेर जाली फटाहाले समाजलाई शोषण गरिरहेकै थिए । यस्ता विसङ्गतिको जरोकीलो राम्रोसँग बुझेको  तुफानले आफ्नो बुद्धि विवेकले वरपरका समाज र सहपाठी साथीहरूलाई आफ्नो प्रभावमा पार्न सफल भएको थियो । पहाड छोडेर मधेस झरे पनि भवानीले छोरालाई राम्रोसँग शिक्षादीक्षा दिएकी थिइन् । अहिले त तुफान आफैं कमाउने समेत भइसकेको थियो । गाउँ समाजमा अफ्ठ्यारो पर्दा तुफानलाई सम्झन्थे । ऊ सकेको सहयोग गथ्र्यो ।

          “करम फुट्गा ,आज तौ साइत बिगरगवा  छ्या ! कस्तो कुसाइत प¥यो । बुधनीले राधा तिर हेरेर आँखा तर्दै भनिन् र आफ्नो बाटो लागिन् । राधा गहभरी आँसु पारेर घर फर्किइन् । जाँदै गरेकी बुधनीलाई सम्बोधन गर्दै भवानीले सोधिन, “तुम्हार साइत काहे विगर गवा दिदिया ? किन साइत नपरेको दिदी तिम्रो ?” 

नइहरेक जाइत रहए यी विधवा आगे आए गै हमार साइत खराव होएगवा न ,यी कलमुहि कैहँ हमरेन आगे आवैक रहा ! म मइत जान निस्किएकी बाटोमा विधवा देखा परीमेरो साइत त बिग्रियो नि ! अलच्छिनीलाई मेरै अगाडि आउनु पर्ने !

भवानीले पालैपालो बुधनी र राधा गएतिर हेरिन् । मन खल्लो भयो । उनी बुधनीतिर वास्ता गर्न छाडेर  सरासर राधा गएतिरै गइन् । राधा घरमा पुगेकी मात्रै थिइन् राधाकी सासू कराउन थालिहालिन् ः

कहाँ मर गइ रहौ,घर मैहाँ रैहिकै नाई काम कै सकत रहौ, तुम्हार बाप आएकै काम करिहै ? कता मरेकी थिइस् ए  अलछिनी आइमाई घरमै बसेर काम गरे हुन्न ? तेरो बाउले आएर गर्छ काम ? 

“ हमरा लडकवा का तौ खाए लिहौ अब आउर कि का खाए क है जौ इधर उधर घुमत हौतुम्हार बाप गरीब रहैं तौ दहेजौ नाई मागेन अब न दहेज आवा न लडिकवा रहा  हे भगवान ! यी काहै नाई मरजात है मेरो छोरो त टोकिस् टोकिस् अब गाउँमा कसलाई टोक्न हिँडेकी होस् ? झन् तेरो बाउ गरीब छ भनेर मेरो छोराले दाइजो समेत मागेन । न दाइजो आयो न छोरो बाँकी रह्यो । हे ! भगवान् यसलाई चाहिँ किन काल आउँदैन ?” राधाकी सासूले निकै गाली गरिन् ।राधा थचक्क भुइँमा बसेर धोतीको सप्कोले आँसु पुछ्दै घुँक्क घुँक्क रुन लागी । यो सबै देखिरहेकी भवानीलाई असौह्य भयो । उनले राधालाई अँगालो हाल्दै सान्त्वना दिइन् । उनका पनि आँखा रसाए तर आँसु खसाल्न सकिनन् ।

 

 

“हे भगत कै आम्मा ! पतोहिएक काहे  सरापत हौ ? लड्का तौ नाइ रहिगवा अब यहि कैइहा आपन लडिका  समझौ  तुम्हार  भला होई !  हे ! भगतकी आमा किन बुहारीलाई यसरी गाली गछ्यौ छोरो त रहेन अब यो बुहारीलाई छोरो सम्झिएर माया गर । तिमो्र भलो हुनेछ । भवानीको बोली खस्न नपाउँदै राधाकी सासू झन् उग्र बनेर भन्न थालिन् ।

‘‘देखौ पहाडीन  बहिनी यी हमारै घरकै बात होए तुम बिच्चेम न  परौ । तुमका बहुत तरस आवत होए तौ इका अपने घर लैजाव  । ’’  हेर पहाडी नानी ! यो हाम्रो घरको मामला हो । तिमी नबोल । तिमीलाई माया लाग्छ भने यसलाई तिमीसँगै लैजाऊ र राख ।

जमीदार कै लड़िके हमार इज्जत लुटा चाहत है ससौ हमार साथ नाइ देथ  है  नइहरेक बापका दुख देएक मन नही भवा कहाँ जाइकै बुडमरी बताव न काकी  जमिनदारका केटाहरू मेरो इज्जत लुट्न खोज्दै छन् । सासुले पनि साथ दिन्नन् । माइतमा हम का करी काकी बाउलाई दुःख दिन जान पनि मन छैन । म के गरौँ काकी । 

 राधाले मनको सारा पीडा पोखिन्  ।

          भवानीले पनि मन थाम्न सकिनन् र रुँदै आफूले पहाड छोड्नुपर्नाको कारण राधालाई बताइन्  । जुन जात र समुदायको भए पनि सामाजिक विषमताको सिकार हुने भनेका महिला नै रहेछन् । भवानीले लामो सुस्केरा छाडिन् ।

          æरधिया अब तुम जाव भूख  लाग गवाहोइ जाइकै कुछ खाइ लेव  ,हम तुमारे खातिर कुछ सोचबै | दुख ना मानौ जौन होएक रहा उ होइ गवा  उका सोचेसे अब कुछ नहोइ |आगेका सोँचौ,अवहिन  तुम्हार पूरी जिन्गी परीहै | देखो हम कतरा  दुख सहेन अपना अच्छा खासा घर छोडकै यी बर्दिया कै गर्मि मैइ हा |खुन पसिना बहाइत है | जस परी है  वहिम जियैक सिखैक चाही | हम मेहरुवन के उपर यी मेर कै भेदभावपहिलेनसे होत आवा है |इका हम सवका मिलिकै खतम करैक परी |  अहिले तिमी जाउ । भोक लागेको भए रोटी छ खाएर जाऊ  । म तिम्रा बारेमा केही व्यवस्था गर्छु मनमा पिर नगरी बस  । जे हुनु भैहाल्यो । विगत विगत नै हो भविष्य हुन सक्दैन । वर्तमानलाई सदुपयोग गरेर भविष्य निर्धारण गर्नुपर्छ । हेर मैले कम्ती दुःख गरिन । त्यति राम्रो आफ्नो जन्मथलो छोडेर यो बर्दियाको गर्मीमा पसिना बगाउन आइपुगेँ । जस्तो पर्छ सामना गर्न सिक्नुपर्छ । नारीमाथिको विभेद सदियौँदेखि चलेको छ त्यो तिमी हामी भएर चुनौतीका साथ तोड्नुपर्छ । भवानीले राधालाई पढाइन् ।

          “बाबू ! तिम्रो साथी भगत दुष्टको सिकार भयो । मलाई राधाको असाध्यै माया लागेर आयो । कति सहनशील र असल छे त्यो केटी ! आमाको कुरा सुनेर पनि तुफानले प्रतिक्रिया जनाएनन् ।

          “हामीले समाजमा केही गरेर देखाउनुपर्छ छोरा । हिजो मैले गाउँ छोड्नुपर्नाको कारण त तिमीलाई थाहै छ । मैले भनेको मान तिमी राधासँग विहे गर ।

आमाको कुराले तुफान झसङ्ग भयो र आमातिर हे¥यो ।

म ठिक भन्दै छु छोरा । भवानीले प्रष्ट्याइन् ।

भर्खर बीस वर्ष पनि पुगेकी छैन । पापीहरूले उसलाई विधवा बनाए र पाप लुकाए । त्यसको सजाय विचरा राधाले  भोग्नु परिरहेको छ । हामी पहाडका महिलामा भन्दा विभेदीकरण तराई मधेसमा अझ बढी छ । प्रगतिशील विचार बोक्ने तिमी सामज परिवर्तन गर्न आफैँबाट सुरु गर्नुपर्छ भन्छौँ अब यो मौकामा पछि नहट । भवानीले दृढ विश्वासका साथ छोरालाई भनिन् ।

आमा ! हाम्रो संस्कार पनि मिल्दैन त ………….। 

ह्या ! छोड् यस्ता निम्छरा कुरा भवानीले तुफानको कुरा पूरा हुनै दिइनन् ।

तुफान आमाको बिगतको कथादेखि अज्ञात थिएन|परम्परा कुसस्कार कुरीतिको जालोमा जेलिएको समाजमा जालो पन्छाउदै हिड्ने कर्मठ योद्धा थियो | राधालाई उसले नबुझेको होइन ,समाज र परिवारको राधा प्रतिको छुद्र ब्यबहारको उसले नकेलाएको होइन समाज परिवर्तन गर्न हिडेको एउटा योद्धामा कतै आमा र आफ्नो विचारको बिचमा हुन सक्ने द्वन्दको परिणति निस्चयनै घातक हुन्छ भन्ने आशंकाले जगडेर चुत्थ्यो |
आमाको स्वीकृति र उच्च शोचको कारण एकछिन चकित भएर आमालाई हेर्यो | अनुहार उमेर भन्दा पहिले बुढ्यौली लागेको रहेछ | अनुभवले खारेर निस्किएको उनको सफा विचारले उसलाई झन् हौसला दियो |राधालाइ विवाह गरेर परम्पराको जड तोड्ने संकल्पले मुसुक्क हास्यो र आमालाई केहि कुरा सिकायो |
सुटुक्क भवानीले राधासँग सल्लाह गरिन् | कानुनी झमेला हुन सक्ने सबै कुरा मिलाए उनीहरुले | कुनै बाधा  अड्काउ नहुने गरी बिहे गर्ने तारतम्य मिलाए उनीहरुले | यसमा तुफानका साथीहरु र छिमेकीहरु धेरैले साथ दिए |
आफूले बुझेको समाज , भोगेको संसार राम्रोसँग नियालेका आमाछोराले राधालाई विवाह गरेर सबैलाई चकित पारे ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation