५ बामपंथी दलहरुका शिर्ष नेताहरूको बैठक पेरिसडाँडामा बस्यो

काठमाडौं । नेपालका विभिन्न पाँच कम्युनिस्ट पार्टीका शिर्ष नेताहरु एकै ठाउँमा जुटेर राजनीतिक छलफल सुरु गरेका छन् । पाँच कम्युनिस्ट पार्टीका शिर्श नेताहरूको बैठक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ।

उक्त बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (विप्लव) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा (मसाल) का महामन्त्री  मोहनविक्रम सिंह, र नेकपा (क्रान्तिकारी माओवादी) का कार्यवाहक महासचिव सीपी गजुरेललगायत शीर्ष नेताहरू सहभागी छन् ।

बैठकमा समसामयिक राजनीतिक विषयवस्तुहरूमा छलफल भइरहेको माओवादी केन्द्रको सचिवालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation