नवलपारासी पश्चिममा बसले ठक्कर दिदा दुई जना युवकको ज्यान गयो

बुटवल, असार २१ । आज दिउँसो नवलपारासी पश्चिममा बसले ठक्कर दिदा दुई जना युवकको ज्यान गएको छ । त्यस जिल्लाको पाल्हीनन्दन गाउँपालिका– १, झरही खोलामा उक्त दुर्घटना हुँदा प्रतावपुर गाउँपालिका– ४, पाँचपेडा २१ बर्षीय भोला राजभर र रामग्राम नगरपालिका– १५, डिगौल निवासी १८ बर्षीय राहुल राजभरको मृत्यु भएको त्यस जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

महेशपुर–भुजहवा भित्री सडक खण्डको मोडमा ओभरटेक गर्ने क्रममा लु २ ख ६५४ नम्बरको बसले भोला र राहुल सवार लु ४७ प ४८७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा ति दुई जनाको मृत्यु भएको त्यस जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, डिएसपी वीरदत्त पन्तले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि पृथ्वीचन्द्र अस्पताल परासी पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषित गरेका डीएसपी पन्तले जानकारी दिए । । बस चालक रामग्राम नगरपालिका ४ ईम्लीटोल बस्ने बर्ष ३१ सदाम अलि अन्सारीलाई नियन्त्तणमा लिईएको पन्तद्धारा प्रेषित प्रेस नोटममा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation