लघुकथा :- लाज

– सुरेशकुमार पाण्डे

” केभयो भाउजु ?” छिमेकमा खल्लिबल्ली सुनेल दिपकले सोध्यो।
एउटै आगन जोडिएको छिमेकी अति मिलनसार थिए त्यसैले एउटै घरका जहान जस्तै आपसि व्यवहार छ।
” के भनौँ बाबु ‘ भन्दापनि लाज लाग्ने ! सिमा दिदीको नयाँ स्वल हरायो अरे ।उनलाई पनि त्यो कसैले उपहार दिएको हो अरे त्यसैले उहाँ एक्लै रोएको देखेर फुपु चिच्याउँन थाल्नुभयो।
हजुरलाई त थाहा नै छ पुजामा आएका चेलिबेटी पाहुँना सबै आ आफ्नो झोला खोल्दै देखाउँदै गर्नुभयो।त्यसैले चिल्लीबिल्ली भएको छ। “गिताले दिपकको नजिक गएर सुस्तरी सविस्तार जानकारी गराइन्।

“अब कसैको झोलामा भुलबस परेहोला कस्तो थियो स्वल भन्नु बरू उस्तै बाजारबाट लिएर दिउँला।”- दिपकले सुझायो।
” मैलेपनि त्यही भनेको तर त्यो त महंगो खाले रहिछ। विदेशबाट ल्याएको स्वल यहाँ पाइदैन भन्नुभयो।” गिताले भनिन्।
” कस्तो रहिछ र त्यो बर्की पनि बाजारमै नपाइने ? ”
” यी यस्तो छ !” दिपकको कुरा बिचमै काटेर फुपु स्वल देखाउँदै चिच्याइन्।
” राम्रो भयो भेट्टिए छ। कहाँ भेटियो फुपु ?”-गिता आश्चार्य हुँदै सोधिन।
” त्यो दिपकको घरबाट निकालेर ल्याँए।अँझ बजारबाट किन्दिन्छु भन्थ्यो यो झोलामा स्वल लुकाएर।” फुपु जोडले चिच्याउँदै भनिन्।
” फुपु हामिले त ल्यायनौँ किन त्यसो भन्नुहुन्छ बरू हजुरकै छोरी सुतेकि थिइन रूममा राती।यो व्यागपनि उनै दिदीको हो ।” दिवकले भन्यो, त्यो सुनेर फुपु लाजले भुतुक्क भइन।बोली फुटेन।
दाङ घोराही १८

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation