
बागलुङको बरेङ गाउँपालिकाले उत्कृष्ट विद्यार्थी शिक्षक तथा विद्यालयलाई सम्मान गरिएको छ । आर्थिक वर्ष २०८१÷०८२ को नीति कार्यक्रम बमोजिम उत्कृष्ट शिक्षक कर्मचारी लेखा सहायक बालशिक्षक तथा विद्यार्थीहरू समेत गरि ४१ जनालाई गाउँपालिकाले आईतबार एक कार्यक्रमका बीच सम्मानित तथा पुरस्कृत गरेको छ ।
उत्कृष्ट तर्फ महेन्द्र माध्यामिक विद्यालयका बि.व्या.स.अध्यक्ष टिकाराम शर्मा,पुरुषोदय माध्यामिक विद्यालयका प्र.अ.मन बहादुर श्रीस प्राविधिक धार, मंगलमय नेपाल तारा थममाया थापा पुन आधारभूत तह प्र.अ.सर्वोदय माध्यामिक विद्यालयका मा. वि. तह शिक्षक ओम बहादुर पुन, भृकुटी माध्यामिक विद्यालयका नि.मा. वि. तह शिक्षक खिम बहादुर पुन, सल्यान सुखौरा माध्यामिक विद्यालयका प्रा. वि. तह शिक्षक अर्चना शर्मा, सिर्जना प्रा विका बालशिक्षक नुर्पा छन्त्याल पुन, सर्वोदय माध्यामिक विद्यालयका लेखा सहायक कल्पना क्षेत्री र महेन्द्र माध्यामिक विद्यालयका विद्यालय सहयोगी युवराज पुन सम्मानित तथा पुरस्कृत भएका छन् ।
२०८१ को एसईईमा सबै विद्यार्थीलाई वर्गीकृत गराउन सफल विषय शिक्षक तर्फ सर्वोदय माध्यामिक विद्यालयका प्र.अ.चित्र थापा, शिक्षक पार्वता भूषाल, शिक्षक दुर्गा देवि शर्मा र शिक्षक परशुराम शर्मा, धुल्लुलिउँवा माध्यामिक विद्यालयका शिक्षक थुमराज ढुङ्गाना र शिक्षक पार्वती लामिछाने, पुरुषोदय माध्यामिक विद्यालयका शिक्षक बिमल खड्का, शिक्षक सुमन वली र शिक्षक लक्ष्मीकान्त पौडेल, बालज्योति बोर्डिङका शिक्षक बिमला शर्मा, शिक्षक विनोद विष्ट र शिक्षक हिमाल खनाल भृकुटी माध्यामिक विद्यालयका शिक्षक सरस्वति थापा र शिक्षक ज्ञानेन्द्र थापा, महेन्द्रमाध्यामिक विद्यालयका शिक्षक रेशम पुन, शिक्षक सिर्जना थापा र शिक्षक गोविन्द बुढाथोकी, सल्यान सुखौरा माध्यामिक विद्यालयका शिक्षक नवराज सापकोटा, शिक्षक विन्दु देवि शर्मा पौडेल र शिक्षक दिपक बहादुर रोकाया सम्मानित तथा पुरस्कृत भएका छन् ।
त्यस्तै उत्कृष्ट जि.पि.ए. प्राप्त गर्ने विद्यार्थी तर्फ बालज्योति बोर्डिङका सुर्य थापा ३.८२, पुरुषोदय माध्यामिक विद्यालयका मिलन सुनार ३.७,शारदा माध्यामिक विद्यालयका मनिष आचार्य ३.७, सर्वोदय माध्यामिक विद्यालयका आशिका थापा ३.५५, बालज्योति बोर्डिङ मिसन थापा ३.५, बालज्योति बोर्डिङ शितल थापा ३.४९, बालज्योति बोर्डिङ सरस्वति गुरुङ ३.४७ शारदा माध्यामिक विद्यालयका इच्छा सुवेदी ३.४७, बालज्योति बोर्डिङ आयुषा वि. क.३.४२, पुरुषोदय माध्यामिक विद्यालयका आर्यन राना ३.४१, बालज्योति बोर्डिङका बुद्धि प्रसाद वि. क.३.४१ र झरना पुन ३.४१ सम्मानित तथा पुरस्कृत भएका छन् ।
बरेङ गाउँपालिका अध्यक्ष कृक्ष्ण प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत खड्ग वि.क, विद्यालय व्यवस्थापन समितिका तर्फबाट टिकाराम शर्मा, प्रधानध्यापकको तर्फबाट मन बहादुर श्रीस, शिक्षकको तर्फबाट खिम बहादुर पुन र विद्यार्थीको तर्फबाट सुर्य थापा लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम बरेङ गाउँपालिका सामाजिक विकास समिति संयोजक तथा प्रवक्ता तुफान पुनको अध्यक्षता, गाउँपालिका शिक्षा शाखा प्रमुख सुर्य प्रसाद शर्माको स्वागत तथा उद्येश्य, गाउँपालिका शिक्षा प्रविधिक सहायक विष्णु प्रसाद न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।
