शंकर प्रसाद पोख्रेल बुटवल ,
बागलुङको बुर्तिबाङमा प्रगतिशील सांस्कृतिक अभियानलाई थप ऊर्जा प्रदान गर्ने उद्देश्यसहित रक्तिम सांस्कृतिक अभियानद्वारा भव्य सांगीतिक कार्यक्रम सम्पन्न भएको छ। बुर्तिबाङस्थित टिकटसो होटल दरबारमा आयोजित कार्यक्रममा दर्शकको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमस्थल खचाखच भरिएको थियो भने दर्शकले कलाकारहरूको प्रस्तुति उत्साहपूर्वक अवलोकन गरेका थिए।

कार्यक्रममा चर्चित रक्तिम कलाकारहरू हेमराज आश्रम,शबिन अर्गेजा र थुमराज ढुङ्गानाले आफ्ना उत्कृष्ट सांगीतिक तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै दर्शकको मन जितेका थिए। उनीहरूको प्रस्तुति ताली र प्रशंसाले गुञ्जिएको थियो।
कार्यक्रमको अध्यक्षता रक्तिमका अध्यक्ष गिरि प्रसाद बुढाले गरेका थिए भने सञ्चालन दानबहादुर थापाले गरेका थिए। रक्तिम कलाकार हरु सचित्र केसि ,लगायतले जोरदार कला, प्रस्तुत गरेका थिय । संस्कृति र सामाजिक रूपान्तरणमा सांस्कृतिक आन्दोलनको भूमिकाबारे चर्चा गर्दै राष्ट्रिय जनमोर्चाका बागलुङका अध्यक्ष र सचीव तिलक थापा र भिमलाल पोख्रेललले यस्ता कार्यक्रमले जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने बताएका थिए।
स्थानीय कला–संस्कृतिप्रेमी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रमले बुर्तिबाङ क्षेत्रमा सांस्कृतिक जागरणको नयाँ उत्साह थपेको आयोजकले जनाएको छ।











