हरि श्रेष्ठको नेतृत्वमा रास्वपा गुल्मी, उपसभापतिमा प्रगति रानामगर निर्वाचित

शंकर प्रसाद पोख्रेल ,बुटवल रुपन्देही 

रुपन्देही जेठ २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गुल्मीको जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। अधिवेशनबाट हरि श्रेष्ठ जिल्ला सभापतिमा निर्वाचित भएका छन्। सभापति पदका लागि भएको प्रतिस्पर्धात्मक निर्वाचनमा श्रेष्ठले ११८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी मानबहादुर घर्ती क्षेत्रीले ११३ मत प्राप्त गरेका थिए। दुवै उम्मेदवारबीचको मतान्तर केवल पाँच मत रहेकाले सभापति पदको प्रतिस्पर्धाले विशेष चर्चा पाएको थियो।

अधिवेशनमा उपसभापति पदका लागि त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो। उक्त पदमा प्रगति रानामगर १२७ मत प्राप्त गर्दै विजयी भएकाछन । उनका प्रतिस्पर्धी निशेष श्रेष्ठले ९१ मत प्राप्त गर्दा भरत पोखरेलले १४ मतमा चित्त बुझाउनुपरेको थियो। उपसभापति पदको परिणामले  प्रगति रानामगरलाई पार्टीभित्रको लोकप्रिय नेतृत्वका रूपमा स्थापित गरेको छ।यसैगरी सचिव पदमा देवराज पाण्डे अत्यधिक मतान्तरसहित निर्वाचित भएका छन्। उनले १८९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी निरज मरासिनीले ४० मत प्राप्त गरे। सचिव पदमा पाण्डेको जित अधिवेशनकै सबैभन्दा ठूलो मतान्तरको जितमध्ये एक मानिएको छ। नवनिर्वाचित सचिव पाण्डेका अनुसार निर्वाचनमा कुल २३३ मत खसेको थियो, जसमध्ये ३ मत बदर भएका थिए।

सहसचिव पदमा सागर पाण्डे निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी दलित महिला सदस्य पदमा माया नेपाली पनि निर्विरोध निर्वाचित भएकी छन्। कोषाध्यक्ष पद भने तत्काल चयन नभएको र पछि मनोनयन प्रक्रियामार्फत नियुक्त गरिने पार्टीले जनाएको छ।
महिला सदस्यका तीन पदका लागि चार जनाको उम्मेदवारी परेको थियो। निर्वाचन परिणामअनुसार माया जिसी १८५ मतसहित पहिलो र देवकला राना १३३ मतसहित दोस्रो स्थानमा रहँदै निर्वाचित भएका छन्। महिला प्रतिनिधित्वलाई सुदृढ बनाउने उद्देश्यका साथ अधिवेशनमा महिलाहरूको सक्रिय सहभागिता देखिएको बताइएको छ।

त्यस्तै दुई पुरुष सदस्य पदका लागि १४ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। कडा प्रतिस्पर्धापछि भागवत गिरी ५९ मत र प्रेमबहादुर सुनार ४८ मत प्राप्त गर्दै विजयी भए। अन्य उम्मेदवारहरूलाई पछि पार्दै उनीहरू कार्यसमितिमा सदस्यका रूपमा चयन भएका हुन्।

अधिवेशन सम्पन्न भएसँगै रास्वपा गुल्मीले नयाँ नेतृत्व पाएको छ। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले संगठन सुदृढीकरण, पार्टीको आधार विस्तार, जनताका मुद्दालाई प्रभावकारी रूपमा उठाउने तथा आगामी राजनीतिक चुनौतीहरूको सामना गर्न एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। जिल्ला अधिवेशनले संगठनलाई थप चलायमान र सशक्त बनाउने विश्वास  नब निर्बाचित उपसभापति प्रगति रानामगरले विशपा नेपाली डटकमलाइ जानकारी दिएकाछन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation