ब्राजिललाई स्तब्ध पार्दै नर्वे अन्तिम आठमा, हालान्ड बने नायक

काठमाडौं, असार २२  एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनमा नर्वेले फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा ऐतिहासिक स्थान बनाएको छ। अन्तिम १६ अन्तर्गत सम्पन्न खेलमा पाँच पटकको विश्वविजेता ब्राजिललाई २–१ गोलअन्तरले पराजित गर्दै नर्वे पहिलोपटक विश्वकपको अन्तिम आठमा पुगेको हो।

नर्वेको जितमा दुवै गोल एर्लिङ हालान्डले गरे। उनले खेलको ७९औँ र ९०औँ मिनेटमा गोल गर्दै टोलीलाई ऐतिहासिक सफलता दिलाए। ब्राजिलका लागि नेयमारले इन्जुरी समयको ९०+१०औँ मिनेटमा पेनाल्टीमार्फत एक गोल फर्काए पनि हार टार्न सकेनन्।
यससँगै हालान्डले जारी विश्वकपमा आफ्नो गोल संख्या सात पुर्‍याएका छन्। उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ताको दौडमा रहेका छन्।

अब नर्वेले क्वाटरफाइनलमा इंग्ल्यान्ड र मेक्सिकोबीच हुने अन्तिम १६ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यता पाँच पटकको विश्वविजेता ब्राजिल भने अन्तिम १६ बाटै बाहिरिएको छ, जसले टोलीको उपाधि यात्रा समयअघि नै समाप्त भएको #छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation