बहुचर्चित भुटानी शरणार्थी प्रकरणमा रायमाझी–खाँडलाई अदालतले कसुरदार ठहर गर्‍यो

जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा दायर मुद्दामा प्रतिवादीहरूलाई कसुरदार ठहर गरेको छ। अदालतको पूर्ण फैसला सार्वजनिक हुन बाँकी रहे पनि दोषी ठहर गर्ने निर्णय भएको हो।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरिएको आरोपमा यो प्रकरण सार्वजनिक भएको थियो। यस सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २०८० सालमा ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
मुद्दामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत उच्च तहका व्यक्तिहरू प्रतिवादी छन्।
तेजबहादुर खड्काको इजलासले कसुर ठहर गरे पनि सजाय निर्धारण भने अर्को सुनुवाइमा गर्ने आदेश दिएको छ। त्यसैले दोषी ठहर गरिएका प्रतिवादीहरूको सजाय पछि तय गरिने अदालतले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation