मनहरीमा यात्रुबाहक बस दुर्घटना, पाँच जना घाइते

मकवानपुर, असार २४

मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारस्थित पूर्व–पश्चिम राजमार्गमा गएराति यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।
वीरगञ्जबाट लमजुङतर्फ जाँदै गरेको ना ५ ख ५३१९ नम्बरको बस दुर्घटनामा परेको हो। बसमा सवार १६ यात्रुमध्ये पाँच जना घाइते भएका प्रहरीले जनाएको छ।
घाइतेहरूलाई तत्काल उद्धार गरी मनहरी अस्पतालमा प्राथमिक उपचार गरिएपछि थप उपचारका लागि चितवन रिफर गरिएको छ।

घाइते हुनेमा बस चालक सर्लाहीका ३९ वर्षीय भीमबहादुर बिक, चितवन भरतपुर–४ का ३० वर्षीय संजय तामाङ, पर्साको परवानीपुरका ५४ वर्षीय मोहम्मद आजाद, बाराको देवताल–१ का २३ वर्षीय राजकुमार राम तथा भारतको मोतिहारीका २५ वर्षीय सुदिर कुमार रहेका छन्।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation