चीनीयॅा नेता देंग सियाओ पेंगको भनाई’बिरालो कालो होस वा सेतो त्यसले मुसा मार्नै पर्छ”त्यो भनाई ऊनको देश विकासको लागी थियो।तर यहॅाका नेताहरू “तीनीहरू घुस्याहा,भ्रष्टाचारी हुन वा बिचौलिया केही फरक पर्दैन,तर धन चाहीं खुरमा गन्नै पर्यो ।नैतिकता,इमान्दारीता,मुल्य मान्यताको गन्ध समेत हराएका सिद्धान्त बिहीन कथित ठूला दलहरूको अकर्मण्यताले गर्दा आज देश दुश्मनको घेरा भित्र संकटको भारी बोकेर उभिन बाध्य छ।कुसासन र भ्रष्टाचार जरै देखि मौलाएको छ।ठूलाठूला घोटालाहरू गरेर लुटधंदा मच्चाईएको छ।लाज पनि लजाएको बेला फेरी आर्को लाजमर्दो घटना थपिएको छ।
गिरीबन्धु टी स्टेट प्रकरण,ललीता निबास प्रकरण,यती ओम्नी काण्ड, बतासकाण्ड,वाईटबोडी काण्ड लगाएत अनगिन्ती काण्डमा मुछिएका ओली र ललीता निबासको सरकारी जग्गा सट्टा भर्ना गर्ने मतियार भएर आर्थिक चलखेल गरी सरकारी जग्गा आफु र आफ्ना परिवारका नाममा पास गरेको अख्तियारको छानबीनमा पुष्टि भएको,ललीता निबास प्रकरणमा बिशेष अदालतले गुरूंगलाई मुख्य दोषी करार गरी २बर्ष जेल र ८० लाख रूपयॅा जरीवाना गराऊने ठहर गरेको साथै ललीता निवासको सरकारी जग्गामा किर्ते गरेको अभियोगमा गुरूंगलाई सीआईबीले १२ असार २०८० मा पक्राऊ गरेको तर हाल धरौटीमा छुट्न सफल भएका बिचौलिया मीन बहादुर गुरूंग बीच भएको यो लेनदेन घुस हो की दानबकस भन्ने सवाल लाटाले पनि बुझ्ने कुरा हो।दान दिनु धर्म प्राप्तिको लागी मानिन्छ।बाढीले घर खेत बगाएर घर न घाट भै भोक भोकै लालावाला संग सडकमै अलपत्र भएका असहायलाई सहयोग गरेर धर्म हुन्छ कि बिचौलिया पार्टीलाई दान दिएर?कर्णाली र महाकाली नदीमा तुइन चुडिएर कैयौ स्कूले वालवालिका कर्णाली नदीमा बगेर ज्यान गुमाएका छन।’आफ्नो कर्तब्य पालन गरेको’भन्ने गुरूंगले तुइनको स्थानमा पुल हाली दिएको भए कति धर्म हुन्थ्यो?कमसेकम दानी रहेछन भन्ने पनि त पर्थ्यो। एऊटा बिचौलिया ब्यवसायीले मुफ्तैमा त्यति ठूलो संपति दान दिने कुरा कल्पना पनि गर्न नसकिने कुरा हो।त्तसर्थ यो दान नभएर सरासर घुस हो भन्ने कुरा स्पष्ट छ।आॅफु माथि लागेका अनेकौं भ्रष्टाचार र ठगी धन्दाका मुद्दाहरूबाट जोगिन र संरक्षण प्राप्त गर्न यो दान रूपी घुसको लेनदेन भएको हो।घुस लिनेदिने दुबै अपराधी हुन,देशका शत्रु हुन।आकासमा ऊड्ने चीलले धर्तीमा सीनो मात्र देख्छ रे!ओली त्यही चील हुन ऊडीरहन्छन र कुनाकुनामा कहॅा केके छन लुट्ने कुरा देखिहाल्छन,लुछिहाल्छन।देशमा बिकास बजेट नभए पछि बिकासका नाममा लुटधन्दा गर्न नपाऊने अवस्था आऊन सक्ने भएकोले दूरदर्शी नेता ?वली …बा लाई विचौलियाहरूको शरण लिनु ऊनको बाध्यता हुनसक्छ।
लुट्न सके लुट कान्छा लुट्न सके लुट।
अरू देशमा पाईदैन नेपालमै छ छुट॥
ढुण्डिराज शर्मा
बुटवल-६











