तिहारमा अर्घाखाँचीको मौलिक भैली नाच रुपन्देहीमा प्रदर्शन गरिने

 

टेकराज भुसाल,
बुटवल। हिन्दुहरुकाे दोस्रो महान चाड दिपावली (तिहार)को अवसरमा पश्चिम अर्घाखाँचीको मौलिक भैली नाच रुपन्देहीका विभिन्न स्थानमा संचालन (प्रदर्शन) हुने भएको छ।

ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजले अर्घाखाँचीको माैलिकता झल्किने साँस्कृतिक भैली नाच रुपन्देहीका विभिन्न क्षेत्रमा संचालन गर्नेका लागि तयारीमा जुटेको छ।

समाजको शनिबार बुटवलमा बसेकाे विस्तारित बैठकले पश्चिम अर्घाखाँचीको मौलिकता झल्किने भैली नाच रुपन्देही जिल्लाका विभिन्न क्षेत्र खासगरी बुटवल आसपासका क्षेत्रमा संचालन गर्ने निर्णय गरेको हो।

बैठकले भैली नाच संचालन गर्नका लागि विभिन्न उपसमितिहरु निर्माण गरि तयारी समेत सुरु गरेको सम्पर्क समाजले जनाएको छ।

गत वर्षदेखी सुरु गरेको माैलिक भैली कार्यक्रमलाई यस वर्ष थप व्यवस्थापन गरि अझ माैलिकता झल्किने गरि प्रदर्शन गर्ने तयारीमा  समाज जुटेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation